७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को टिजरमा मायाँ प्रेमदेखि अपहरणको दृश्य



५ कार्तिक । चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को दोश्रो टिजर सार्वजनिक भएको छ ।
यही कार्तिक ३० गतेबाट प्रदर्शन सुरु हुने चलचित्रको टिजरमा अभिनेता नाजिर हुसेन र श्रृष्टि श्रेष्ठबीचको मायाँ प्रेमदेखि अपहरणको दृश्य समेत समेटिएको छ ।
टिजरमा अभिनेत्री भागिरहेको दृश्य र प्रहरीले गोली ताकिरहेको रहस्यमय दृश्य देख्न सकिन्छ । चलचित्रमा रातक दृश्यहरु र रेल र दौढादौडीका दृश्य हेर्दा अपराधमा क्राइम जनरामा चलचित्र निर्माण गरिएको छनक दिएको छ ।
निर्देशक दीपेन्द्र गौचनको निर्देशन रहेकोचलचित्रमा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर,रुपेश मण्डल, सुदीप पटेल, मनोज शाह, र ओमप्रकाश कर्णलगायतको अभिनय छ ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्रमा अमर महर्जनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व रहेको छ ।
चलचित्रकोे कोरियोग्राफी राजीव कर्णले गरेका छन् । म्युजिक नेपाल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ८ : ५४ बजे