६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र भवनमा शो नपाएपछि निर्माता रुष्ट



चलचित्र निर्माता तथा निर्देशक निश्चल बस्नेतले दशैंको छेकोमा आफ्नो चलचित्र ‘बेहुली फ्रम मेघौली’लाई हलमालिकहरुले शो नदिएको भन्दै चलचित्र हलमा नदेखाउने निर्णय गरे

ललितखबर
२२ कार्तिक । नेपाली चलचित्रका निर्माता हल मालिकले आफ्नो चलचित्रलाई शो नदिएको भन्दै रुष्ट बन्न थालेका छन् ।
चलचित्र सानो संसारका निर्माता अर्जुन कुमार पछिल्लो समय दर्शकले साथ दिइरहेको अवस्थामा हलहरुले शो नदिएको गुनासो गर्छन् । उनले आफ्नो चलचित्रलाई जुनसुकै समयमा शो दिए पनि आफ्नो चलचित्रले दर्शक पाउने दाबी गरे ।
चलचित्र निर्माता तथा निर्देशक निश्चल बस्नेतले दशैंको छेकोमा आफ्नो चलचित्र ‘बेहुली फ्रम मेघौली’लाई हलमालिकहरुले शो नदिएको भन्दै चलचित्र हलमा नदेखाउने निर्णय गरे । उनले चलबाट उतारेको एक महिना नबित्दै ओटिटि प्लेटफाम एमएसएम भिडियोबाट देखाए । पछिल्लो समय ओटिटिबाट १० दिनभित्रै चलचित्रले ७६ लाख कमाएको उनले दाबी गरेका छन् ।

 

तर शो चाही हिन्दी चलचित्रलाई दिइन्छ । गए गुज्रेको हिन्दी चलचित्र भए मात्रै शो काटेर नेपाली चलचित्रलाई प्राथमिकता दिन्छन्

उता गत दशैंको फुलपाती असोज २४ गतेदेखि प्रर्दशनमा आएको चलचित्र १२ गाँउका निर्माता विराज भट्ट आफ्नो चलचित्र शसक्त हुँदा हुदै हल मालिकले कम शो दिएको भन्दै दुखेसो पोखेका थिए । चलचित्रले दर्शकको साथ पाएपछि हलले शो बढाए ।
नेपाली चलचित्रले पैसा कमाउछ भन्ने प्रमाणित गरेपछि मात्रै हल मालिकले शो दिने गरेको भन्दै निर्देशक बस्नेतले दुखेको पोखे । उनले भने, ‘भन्नलाई चाही नेपाली चलचित्रलाई मायाँ गर्ने भन्छन् । तर शो चाही हिन्दी चलचित्रलाई दिइन्छ । गए गुज्रेको हिन्दी चलचित्र भए मात्रै शो काटेर नेपाली चलचित्रलाई प्राथमिकता दिन्छन् ।’

हल मालिक समेत रहेका अभिनेता निर्माता दिपकराज गिरी आफ्नो चलचित्र भवन आईएनआई सिनेमाले चलचित्र छक्का पञ्जा ५सँगै प्रर्दशन भएको चलचित्र १२ गाँउलाई राम्रो शो दिएको बताउछन् । उनको हलले शुभारम्भदेखि नै टिकट बिक्रिबाट उठेको ५० प्रतिशत निर्मातालाई दिने निर्णय गरेका थिए र सो हलमा नेपाली चलचित्रलाई प्राथमिकता दिने भन्दै उनले बताएका थिए ।

गएको दशैंको छेको पारेर चलचित्र १२ गाँउ, छक्का पञ्जा ५ र ज्वाइँ साप प्रर्दशन भएका थिए । दशैं अघि प्रर्दशनमा आएका चलचित्र बेहुली फ्रम मेघौली र सानो संसारले पनि दर्शक र समिक्षकको राम्रो टिप्पणी पाएपछि हलमा दर्शक पाएका थिए ।
लक्ष्मीपूजाको अवसर पारेर प्रर्दशन सुरु भएको चलचित्र पूर्ण बहादुरको सारंगीले पनि समिक्षक र दर्शकको राम्रो प्रतिकृया पाएसँगै हाउसफुल हुन सफल भएको छ । सुरुका दिनमा न्युन शो पाएको यस चलचित्रलाई हलमालिकहरुले शो थपेका छन् ।

 

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ७ : ५३ बजे