१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘फ्र्याक्चर’को हलिउडसँग सहकार्य गरेर छायाङ्कन सम्पन्न



अभिनेता ट्रेन्टनले हलिउडका ‘हलीउड किल्स,’ ’अन्डर द वेस्टर्न सन,’ ’सिरोनिया,’ ’द रेड, ब्ल्याक एन्ड ब्लोन्डः गड सेभ,’ ’बिटविन किंग्स एन्ड क्विन्स,’ ’लस एन्सिनोस’ लगायतका चलचित्रहरू र दर्जनौँ टेलिभिजन शृङ्खलामा अभिनय गरेका छन् ।

काठमाडौं
२४ कार्तिक । चलचित्र ’फ्र्याक्चर’को छायाङ्कन सम्पन्न भएको छ । अमेरिकाका प्रसिद्ध निर्देशक रायन ट्राभिसले निर्देशन गरेको यो चलचित्र अङ्ग्रेजी भाषामा रहेको छ ।
्अभिनेता आर्यन सिग्देलसँगै हलिउड अभिनेता ट्रेन्टन रोस्टेड्टसँगै अभिनय गरेका छन् । यस चलचित्रमा बुद्धि तामाङ, आशिष पुरुष, अनिता पण्डित, गुणराज श्रेष्ठ लगायत अन्य नेपाली कलाकारहरूले अभिनय गरेका छन् ।

किङ्डम नेटवर्क हालै मात्र संयुक्त राज्य अमेरिकामा समेत स्थापना गरी यो चलचित्र निर्माण गरिएको निर्माता सुवास भुसालले बताएका छन् । भुसालले यस चलचित्रले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय चलचित्रकर्मी, अन्तर्राष्ट्रिय बजार र दर्शकसँग जोड्ने नयाँ प्रयासको प्रतिनिधित्व गर्ने बनाए ।

यस चलचित्रका अभिनेता ट्रेन्टनले हलिउडका ‘हलीउड किल्स,’ ’अन्डर द वेस्टर्न सन,’ ’सिरोनिया,’ ’द रेड, ब्ल्याक एन्ड ब्लोन्डः गड सेभ,’ ’बिटविन किंग्स एन्ड क्विन्स,’ ’लस एन्सिनोस’ लगायतका चलचित्रहरू र दर्जनौँ टेलिभिजन शृङ्खलामा अभिनय गरेका छन् ।

यस चलचित्रको निर्माणमा क्रिश बेरुटी, हिमाल आरोहण विशेषज्ञ एन्ड्रयु ह्युज, दुई पटक एमी पुरस्कार विजेता निर्माता गर्रेट म्याडिसन लगायतको पनि सहभागिता रहेको छ । चलचित्रको लेखन यसका निर्माता क्रिश बेरुटीले नै गरेका छन् । चलचित्रका सिनेमाटोग्राफर डकोटा डियल हुन् । उनले ‘आर्मी अफ द डेड,’ ‘नेक्स्ट अफ किन,’ ‘एनएफएल ३६०ः द गिफ्ट अफ गाबा’ लगायतका चलचित्रको छायाङ्कन गरेका छन् ।

यो चलचित्रको प्रायः दृश्यहरू नेपालमा छायाङ्कन गरिएको छ । चलचित्रका करिब ७० प्रतिशत दृश्यहरू काठमाडौं, ललितपुर, भक्तपुर, पनौती, लुक्ला तथा सगरमाथा बेस क्याम्पसम्म पुगी छायाङ्कन गरिएको छ ।
’फ्र्याक्चर’को कथा एक जना अमेरिकी सैनिक ज्याक स्टेन्टन नामक पात्रको वरिपरि घुम्छ, जसले आफ्नो नेपालमा हराएको साथीलाई बचाउन नेपालको सगरमाथा क्षेत्रको खतरनाक यात्रा गर्छ । यस चलचित्रमा मानवीय साहस र सङ्घर्षलाई पर्दामा जीवित रूपमा उतारिएको निर्देशक ट्राभिसले जनाए ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ४ : ५६ बजे