तत्कालीन राजा महेन्द्र शाह आफैले गाडी चलाएर दक्षिण ललितपुर हुन्दै हेटौडा पुगेका थिए
ललितखबर
२६ कार्तिक । दक्षिण ललितपुर हुँदै मकवानपुरको हेटौडा जाने राजधानीको छोटो मार्ग कान्तिलोकपथको प्रस्थानविन्दु ललितपुरको एकान्तकुना बनाइएको रहस्य खुलेको छ ।
२०७६ साल जेठ ६ गते मन्त्रीपरिषदबाट सातदोबाटो चापागाँउ हुँदै हेटौडा जाने सडकलाई प्रस्थानविन्दु परिवर्तन गरि एकान्तकुना छम्पी टिकाभैरव कायम गरिएको हो । सो निर्णय विवादमा आउनसक्ने आशंकामा लामो समय लुकाई राखिएको थियो । २२ मिटरको सडक मापदण्ड परिवर्तन भएको हल्लापछि गोदावरी नगरपालिकाले सडक डिभिजन ललितपुरलाई पत्र पठाई आधिकारिक जानकारी माग भएपछि राष्ट्रिय राजमार्गको सडक सिमा, सार्वजनिक सडक ऐन २०३१ को दफा ३ बमोजिम सडकको केन्द्र रेखादेखि दायाँबायाँ दुबैतिर ३१ मिटर नबढाई सडक सिमा तोकिएको उल्येख छ ।
जनप्रतिनिधिहरु सरकारलाई छिटो मुआव्जा वितरण गरेर काम गर्न पहल गरेको भाषणबाजी गरेपनि काम भने गरेको देखिन्न
यस लोकपथको प्रस्थानविन्दु सातदोबाटो,सुनाकोठी ठेचो, चापागाँउ हुँदै टिकाभैरवबाट हेटौडासम्म २०१३ सालबाट सडक निर्माण सुरु गरेर २०१५ सालमा सम्पन्न गरिएको थियो । त्यसबेला तत्कालीन राजा महेन्द्र शाह आफैले गाडी चलाएर दक्षिण ललितपुर हुन्दै हेटौडा पुगेका थिए ।

पछिल्लो समय सातदोबाटो, सुनाकोठी ठेचो र चापागाँउ क्षेत्रमा घना बस्ती विस्तार भएको र बस्ती हटाएर सडक विस्तार गर्न कठीन भएपछि २०७२ सालमा लगाइएको ठेक्काको काम रद्द भएको थियो । जिल्लाका जनप्रतिनिधिहरुले सडक तथास्थिीमा कालोपत्रको पहल गरेपछि केन्द्र सरकारले सााघुरो सडकमा कालोपत्र गरिएको थियो ।
सवोच्च अदातलले देशभरका सडक विस्तार गर्दा जनताको सम्पतीको मुआव्जा तिरेर मात्रै उठाउन सकिने फैसला गरेपछि सरकारले केही स्थानीयबासीलाई मुआव्जा समेत वितरण गरेको अवस्था छ । जनप्रतिनिधिहरु सरकारलाई छिटो मुआव्जा वितरण गरेर काम गर्न पहल गरेको भाषणबाजी गरेपनि काम भने गरेको देखिन्न ।








प्रतिक्रिया