१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘ह्रस्व दिर्घ’को प्रमोसनमा अभिनेत्री निताको ‘आँशु’को अर्थ



अभिनेत्री निताको आँशुको अर्थ चलचित्र चलाउने चालबाजी त हैन ? चलचित्रबृत्तमा निताको आँशुको विभिन्न अर्थ लगाउन सुरु भएको छ

३० कार्तिक । स्वभावैले महिलाको मन कमलो हुन्छ । अक्सर महिला आफ्नो भावना पोख्ने क्रममा आँशु झारिहाल्छन् ।
चलचित्र ह्रश्व दिर्घको प्रमोसनको क्रममा विभिन्न सञ्चारमाध्यमहरुमा अन्र्तवार्ता दिदै हिडेकी निर्मात्री समेत रहेकी असभनेत्री निता ढुंगाना रुदै अन्र्तवार्ता दिएको भिडियो आजकल सामाजिक सञ्जालमा यत्रतत्र देख्न सकिन्छ ।
दुई बर्ष लगाएर निर्माण गरिएको चलचित्र ‘ह्रस्व दिर्घ’ आज कार्तिक ३० गतेबाट प्रर्दशन सुरु भएको छ । अन्र्तवार्तामा निताको आँशुले धेरै दर्शकको ध्यान तानेको छ । चलचित्रको चर्चा पनि चुलिएको छ ।
करिव ६ करोड लगानी भएको यस चलचित्रमा दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, बलिउड कलाकार प्रदीप रावतसँगै हरिहर अधिकारी, निता ढुंगाना,बिपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायतको अभिनय रहेको छ ।
चलचित्रको प्रर्दशनको समय धेरै नायक नायिकाहरुका विभिन्न हल्ला फैलिन्छन् । कतिपय नायक नायिकाको ब्रेकअप देखि सम्बन्ध विच्छेदको समेत हल्ला फैलिन्छन् ।
अभिनेत्री निताको आँशुको अर्थ चलचित्र चलाउने चालबाजी त हैन ? चलचित्रबृत्तमा निताको आँशुको विभिन्न अर्थ लगाउन सुरु भएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ८ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।