दक्षिण भारतीय चलचित्रमा चर्चा कमाइसकेका कलाकारहरु ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्माले यस चलचित्रमा अभिनय गरेका छन्
३० कार्तिक । देशभर चलचित्र पूर्ण बहादुरको सारंगीले दर्शकको साथ पाइरहेको अवस्थामा अर्को चलचित्र ‘ह्रस्व दीर्घ’को प्रर्दशन आजबाट सुरु भएको छ । नेपाली चलचित्रकी परिचित अभिनेत्री निता अधिकारी र उनका श्रीमान् हरिहर अधिकारीले निता अधिकारी फिल्मसको व्यानरमा निर्माण गरेको चलचित्र ठूलो बजेट र भारतीय चर्चित कलाकारहरुको अभिनय रहेको छ ।
दक्षिण भारतीय चलचित्रमा चर्चा कमाइसकेका कलाकारहरु ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्माले यस चलचित्रमा अभिनय गरेका छन् । साथै चलचित्रमा नेपाली कलाकारहरुको समेत भीडभाड छ ।
चलचित्रको मुख्य भूमिकामा अभिनेत्री नीता ढुङ्गाना र अभिनेता हरिहर अधिकारीसँगै अभिनेत्री सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, गरिमा शर्मा,प्रशान्त ताम्राकार, नरेन खड्का, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायत कलाकारहरुको अभिनय छ। चलचित्रको निर्देशन चन्द्र पन्तल गरेका छन् ।
चलचित्रले देशभर १ सय ३० भन्दा धेरै हलहरुमा शो पाएको निर्माण पक्षले जानकारी दिएको छ । क्यूएफएक्स सिनेमाजले चलचित्रलाई उपत्यकामा २० सो र उपत्यकाबाहिर २५ सो गरी ४५ सो दिएको छ।
आईएनआई सिनेमाजले ८ सो र वान सिनेमाज ९ सो, एफक्यूब, बिग मुभिज, रञ्जनामा ५÷५ सो, बिएसआर मुभिजमा ४ सो र सिडिसी सिनेमाजमा तीन सो दिएका छन् ।
आजकै दिनबाट प्रर्दशन सुरु हुने घोषणा भएको चलचित्र ‘केटी हराएको सूचना’ को प्रर्दशन स्थगित भएको छ भने दक्षिण भारतीय फिल्म ‘कंगुवा’ नेपालमा प्रदर्शन नहुने भएपछि चलचित्र ‘ह्रस्व दीर्घ’को सुखद सुरुवात हुने अनुमान गरिएको छ ।
चलचित्रको टिकट बुकिङ औसत छ । चलचित्र पूर्ण बहादुर सारंगीको दबदवा रहेको पछिल्लो परिस्थितमिा यस चलचित्रलाई दर्शकको साथ रहने अवस्था देखिएको छ । चलचित्रबारे दर्शकको सकारात्मक प्रतिकृया पाए सो थपिने सम्भावना छ ।
निर्माता र अभिनेता समेत रहेका यस चलचित्रको हरिहर अधिकारीको कथा लेखेका हुन् । चलचित्रको पटकथा तथा संवाद प्रतीक पौडेल, निर्देशक चन्द्र पन्तले लेखेका हुन् ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा नीता ढुङ्गानाको लगानीमा बनेको छ। फिल्म नेपालीसहित हिन्दी, तेलुगु भाषामा पनि प्रदर्शन हुनेछ।
प्रतिक्रिया