११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘ऊनको स्वीटर’को पोस्टरमा अभिनेता विपिन कार्कीको नाम्लो र डायरीको अर्थ



 

चलचित्रको पोस्टरले गाँउले जीवन बिताइरहेको संर्घषशील युवाको कथा रहेको छनक दिएको छ

काठमाडौं
विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को अफिसियल पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरमा अभिनेता विपिन कार्की र गुरुङ पहिरनमा मिरुना मगर छन् ।
सार्वजनिक पोस्टरमा उनीको स्वीटर लगाएका विपिनले टाउकोमा नाम्लो लगाएका छन् भने हातमा डायरी छ । सँगै पछ्यौरा ओडेकी मिरुना मगर मन्द मुस्कानमा छिन् ।

चलचित्रको पोस्टरले गाँउले जीवन बिताइरहेको संर्घषशील युवाको कथा रहेको छनक दिएको छ । विपिनको मिरुनासँग जोडीका साथ पोस्टर बाहिरिएसँगै चलचित्र प्रेमकथामा आधारित अनुमान गर्न सकिन्छ ।

पोस्टर सार्वजनिकसँगै चलचित्रको २०८२ सालको वैशाख २६ गते हुने जानकारी दिइएको छ । यस चलचित्रमा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।

नवीन चौहानले निर्देशन गरेको ’ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.ले निर्माण गरेको पहिलो चलचित्र हो ।

चलचित्रको सिनेमाटोग्राफी चिन्तन राजभण्डारीले गरेका छन् भने सम्पादन कृष्ण भण्डारीको रहेको छ ।

चलचित्रको एशोसियट निर्माता केन्द्र मोशन पिक्चर्स हो भने सह–निर्माताहरूमा साहाङ्ग चेम्जोङ, आशिष रिजाल, राजकुमार राई, प्रकाश बस्नेत र सन्तोष न्यौपाने रहेका छन् । कार्यकारी निर्मातामा सागर बुढाथोकी र मिलन खत्री छन् ।

मुख्य सहायक निर्देशक फिरोज खड्का, लाइन प्रोड्युसर फुङ्सो जबेगु, स्थानीय सहजकर्ता प्रज्वल बास्कोटा हुन् ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  १० : ३२ बजे