२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


दश बर्षपछि अभिनेत्री अरुणिमा वेब सिरिज ‘घर बट् इन अमेरिका’मार्फत चलचित्रमा फर्कदै



सेरिजमा अरुणिमा र बिमलेश अधिकारीसँगै राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापा जस्ता कलाकारहरूले पनि सिरिजमा महत्त्वपूर्ण भूमिका निभाएका छन्

काठमाडौं
पछिल्लो समय पुराना कलाकार चलचित्र क्षेत्रमा एक पछि अर्को फर्कने क्रम सुरु भएको छ ।
अभिनेत्री रेजिता उप्रती, पुजा लामा, ऋचा घिमिरे, विपना थापापछि अव अभिनेत्री अरुणिमा लम्साल पनि चलचित्रमा फर्कने तरखरमा छिन् ।
अभिनेत्री अरुणिमा लम्साले वेब सिरिज ‘घर बट् इन अमेरिका’मार्फत चलचित्रमा फर्कने तयारीमा छिन् । उनको अभिनय रहेको यस सेरिजको गीत ‘अमेरिकामा घर छ’ भर्खरै सार्वजनिक भएको छ ।

अमेरिकामा बसेरै उनले सो सेरिजमा अभिनय गरेकी छिन् । सार्वजजिक गीतले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैली र आपसी सम्बन्धलाई चित्रण गरेको देख्न् सकिन्छ ।

निशान भट्टराईको स्वर, अर्जुन कटुवालको सङ्गीत र डिपी खनालको शब्द रहेको यो गीतमा प्रज्ज्वल खनालले पनि शब्द रचनामा सहयोग गरेका छन् । गीतको भिडियोमा सिरिजका प्रमुख कलाकारहरूलाई देख्न सकिन्छ ।

सिचुएशनल कमेडी–ड्रामा विधामा निर्माण भएको यो सिरिजले अमेरिकामा बसोबास गर्ने नेपाली परिवारको जीवनमा आउने विभिन्न उतारचढावलाई रोचक ढङ्गले प्रस्तुत गर्ने निर्देशक तथा प्रमुख कलाकार बिमलेश अधिकारीले बताए ।

सेरिजमा अरुणिमा र बिमलेश अधिकारीसँगै राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापा जस्ता कलाकारहरूले पनि सिरिजमा महत्त्वपूर्ण भूमिका निभाएका छन् ।

सिरिजको सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा गरिएको हो । सेभेन कलर्स डिजिटलले यस सिरिजको निर्माण गरेको हो ।

ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक हुने तयारीमा रहेको यो सिरिजले नेपाली दर्शकहरूलाई गजबको मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ८ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।