१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता प्रदिप खड्का र सुरक्षा पन्त कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सद्भावना दूत



काठमाडौं
अभिनेता प्रदिप खड्का र सुरक्षा पन्त कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सद्भावना दूतमा अनुबन्धित भएका छन् ।

आगामी फागुन २४ गतेदेखि सुरु हुने ’दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा अभिनेता खड्का र पन्तले सद्भावना दुत अनुबन्धितका लागि भएको सम्झौतामा आइतबार हस्ताक्षर गरेका हुन् । रेड चेरी मिडियाले आयोजना गर्ने यो महोत्सवले “घुमौँ कर्णाली, हेरौँ कर्णाली“ भन्ने नाराका साथ सुरु हुँदैछ ।

महोत्सवका कार्यक्रमहरूमा चलचित्र प्रदर्शन, कार्यशाला, अन्तरक्रिया, र अवार्ड समारोह जस्ता विविध गतिविधि समेटिएका छन् ।

हस्ताक्षरपछि अभिनेता खड्काले आफ्नो चलचित्र ’प्रेम गीत २’ को छायाङ्कन रारा ताल क्षेत्रमा भएको स्मरण गर्दै उनले कर्णालीको पर्यटनमा चलचित्रले पु¥याएको प्रभावको चर्चा गरे ।

अभिनेत्री पन्तले कर्णालीसँगको आफ्नै सम्बन्धलाई चलचित्र ’बुलाकी’ मार्फत अनुभव सुनाइन् ।

दोस्रो संस्करणको महोत्सव कर्णाली प्रदेशको राजधानी सुर्खेतमा फागुन २४ गते औपचारिक रूपमा उद्घाटन हुनेछ । चैत्र १६ गते काठमाडौंको नेपाल पर्यटन बोर्डमा ’कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड समारोह’ हुनेछ भने चैत्र ३० गते मुगुको रारा ताल प्राङ्गणमा ’रारा चलचित्र पर्यटन तथा जलवायु समिट’ आयोजना हुनेछ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवलाई चलचित्र पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण माध्यमका रूपमा वर्णन गर्दै यसले नेपालको पर्यटन विकासमा उल्लेखनीय योगदान गर्ने अपेक्षा राखे ।

नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर रोहिणी प्रसाद खनालले राज्यले चलचित्र पर्यटन प्रवर्द्धनका लागि आवश्यक नीतिगत व्यवस्थाहरू गरिरहेको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष भवानी राणाले निजी क्षेत्रले चलचित्र र पर्यटनलाई सधैँ सघाउँदै आएको उल्लेख गरिन् । अभिनेता शिव श्रेष्ठले हामीले टाढा सम्झेको कर्णालीलाई यो महोत्सवले नजिक बनाएको बताए ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ८ : ४० बजे