१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाली चलचित्र ’बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर, दर्शकले गरे तारिफ



सहभागीहरुले दार्जिलिङका सुन्दर दृश्यहरूलाई खिचिएको सिनेमाटोग्राफीको पनि खुलेर तारिफ गरेका छन्

काठमाडौं
चलचित्र ’बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर गरिएको छ । ओख्ली ढिकी प्रोडक्सनले गोर्खा रंगमञ्च भवनमा चलचित्रको प्रिमियर गरिएको हो । सन १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको सन्दर्भलाई पर्दामा उतारिएको चलचित्र नेपाल र भारतमा एकसाथ पुस ५ गते प्रर्दशन हुँदैछ ।
प्रिमियरमा सहभागीहरुले चलचित्रको कथावस्तु,पार्शसंगीत, प्रस्तुति, कलाकारहरूको अभिनय र प्राविधिक पक्षको प्रशंशा गरेका छन् । सहभागीहरुले दार्जिलिङका सुन्दर दृश्यहरूलाई खिचिएको सिनेमाटोग्राफीको पनि खुलेर तारिफ गरेका छन् । चलचित्रको कथावस्तु,संवादहरू जीवन्त रहेको भन्दै सहभागीले चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिए । प्रिमियरमा अनिशा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार वशिस्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्री लगायतको प्रिमियरमा उपस्थिति थिए ।

चलचित्र बम बहादुरको नेपालीे सञ्जीव सार्कीले निर्माण गरेको र जोन राईले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ८ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।