३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


१ करोड पुरस्कार राशीको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा



हामीले नेपाली भाषा र कलाप्रति प्रवासमा रहेका नयाँ पुस्तालाई आकर्षित गर्न र आफ्नो देश फर्काउन यो कार्यक्रम गरिरहेका छौँ । किनकि हामीले सहयोग विपन्न प्रतियोगीलाई सहयोग गरेर नै प्रतियोगितामा सहभागी गराउने गरेका छौँ

काठमाडौँ
नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को दोस्रो शृङ्खलाको कार्यक्रम प्रस्तोता र निर्णायक मण्डल घोषणा गरिएको छ । प्रतियोगितामा विजेतालाई १ करोड, दोश्रो हुनेलाई ३० लाख र तेश्रो प्रतियोगीलाई १० लाख पुरस्कार दिइने घोषणा गरिएको छ ।

आज काठमाडौँस्थित एक तारे होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका नेपालीबीच आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताएका छन् ।

अध्यक्ष अधिकारीले नेपाली कला, संस्कृति र भाषालाई प्रवर्द्धन गर्न खोजेको र नेपाली संस्कृति र कला झल्किने प्रस्तुतिलाई अनिवार्य गरेको बताए । यसपटक अघिल्लो शृङ्खलाको तुलनामा यो झनै भव्य हुने उनको उद्घोष गरेका छन् । उनले विश्वभर रहेका नेपालीलाई नेपालीत्व झल्किने प्रस्तुतिलाई समेट्नेबाहेक अन्य कडाइ गर्ने नियम नभएको जानकारी दिँदै नेपालसहित विदेशमा रहेका नेपालीका सहरमा अडिसन हुने जानकारी दिए ।

“हामीले नेपाली भाषा र कलाप्रति प्रवासमा रहेका नयाँ पुस्तालाई आकर्षित गर्न र आफ्नो देश फर्काउन यो कार्यक्रम गरिरहेका छौँ । किनकि हामीले सहयोग विपन्न प्रतियोगीलाई सहयोग गरेर नै प्रतियोगितामा सहभागी गराउने गरेका छौँ”, अध्यक्ष अधिकारीले भने ।

दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, उपविजेताले २० लाख र दोस्रोले १० लाख रूपैयाँसँगै अरू विभिन्न पुरस्कार प्राप्त गर्ने बताए । आयोजित कार्यक्रममा ‘मेरो भ्वाइस युनिभर्स’ मा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायिका अञ्जु पन्त, तृष्णा गुरूङ, गायक पुष्पन प्रधानले निर्णायकको भूमिका निर्वाह गर्नुहुने जानकारी गराइयो ।

यस्तै, ‘मेरो डान्स युनिभर्स’ मा निर्णायकका रूपमा अभिनेत्री मिथिला शर्मा, अभिनेता दिलीप रायमाझी, नृत्य निर्देशक शङ्कर विसी, किरण थापा र अभिनेत्री शिल्पा मास्के छन् ।

यस्तै, कार्यक्रम सञ्चालकका रूपमा सञ्चारकर्मी नरेश भट्टराई, अभिनेत्री रीमा विश्वकर्मा, कमेडियन राजा राजेन्द्र पोखरेल, पूर्वमिस नेपाल नम्रता श्रेष्ठ रहेने छन् ।

आयोजित पत्रकार सम्मेलनमा ‘मेरो भ्वाइस युनिभर्स’ लाई सुरेश पौडेल र ‘मेरो डान्स युनिभर्स’ लाई मोसमी गुरूङले निर्देशन गर्ने जानकारी गराइयो । नेपाल टेलिभिजनमार्फत प्रशारण हुने दुवै प्रतियोगिताको अडिसन आउँदो माघदेखि सुरू हुनेछ । अमेरिका र क्यानडाका लागि माघ १२ र १३ अमेरिकास्थित कोलम्बस ओहायो, फागुन ३ र ४ मा बेलायतको लण्डन, पोर्चुगलको लिस्बन, हङकङ र जापानको टोकियोमा अडिसन हुनेछ । यस्तै, फागुन १० र ११ मा युएईको दुबई, कतारको दोहा, थाइल्याण्डको बैङ्कक, अस्ट्रेलियाको सिड्नी र नेपालको कास्कीस्थित पोखरामा अडिसन हुँदैछ ।

उनले प्रतियोगिताको उद्देश्य मनोरञ्जनमै मात्र सीमित नभएको र सले कला र संस्कृतिको प्रवद्र्धनसँगै विश्वभर छरिएका प्रतिभाको सपना साकार बनाउने काम गर्ने धारणा राखिन् । उनले आफू निर्णायक भएर जोडिन पाउँदा निकै उत्साहित भएको बताइन्

आयोजित कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल, अभिनेत्री केकी अधिकारी, पल्पसा डङ्गोल, निर्देशक पुर्नेन्दु झालगायते उपस्थित थियो ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ९ : १४ बजे