३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


राजधानीको ‘फेसन शो’मा अभिनेता र अभिनेत्रीहरुको भीडभाड



काठमाडौ
राजधानीमा आयोजित फेसन शोमा नेपाली चलचित्र क्षेत्रका अभिनेता तथा अभिनेत्रीहरू सहभागी भएका छन् । फेसन शोमा अभिनेत्री आँचल शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिरुना मगर, आन्ना शर्मा, मिस युनिभर्स नेपाल–२०२२ की विजेता सोफिया भुजेल, अभिनेता प्रदीप खड्का, ‘¥यापर’ साकारलगायत कलाकार सहभागी भए।

राजधानीमा ग्ल्याम नेपाल इन्टरनेसनल चौथो ‘सिजन’को ‘फेसन शो’ मा विभिन्न १० वटा ‘सिक्वेन्स’मा सम्पन्न फेसन शोमा आठजना डिजाइनरले तयार पारेका पोसाकमा ३७ जना कलाकारले प्रस्तुति दिए ।

प्रारम्भ प्रडक्सनका प्रमुख पवन आचार्यले नेपालमा फेसन शोको वृद्धि विकास र कलाकारको प्रस्तुतिलाई प्रस्तुत गरी हौसला प्रदान गर्न यस्तो कार्यक्रम आयोजना गरिएको बताएका छन् । नेपाली कलाकारिता क्षेत्रमा यस्तो खाले फेसन शोले आगामी दिनमा यस क्षेत्रलाई अगाडि बढाउन मद्दत पुग्ने अपेक्षा गरेको चौथो सिजनसम्म आइपुग्दा राम्रो प्रतिक्रिया पाइरहेको उनले बताए ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १० : ०९ बजे