१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘सोल्टिनी’मा प्रकाश सपुतदेखि रविन्द्र झासम्मको लाइनअप



चलचित्रमा कलाकारहरु विल्सन विक्रम राई तथा अभिनेत्री परीक्षा लिम्बु,रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल र सुजन खतिवडा लगायतका अनुभवी कलाकारहरू अनुबन्धित

 

काठमाडौं
निर्माणाधिन नेपाली चलचित्र ‘सोल्टिनी’मा पछिल्लो पुस्तामा चर्चा कमाइरहेका गायक तथा अभिनेता प्रकाश सपूतदेखि अडिसनमार्फत छनौट भएकी सब्बु गुरुङसम्मको लाइनअप सार्वजनिक गरिएको छ ।

निर्माणपक्षले कलाकारहरु विल्सन विक्रम राई तथा अभिनेत्री परीक्षा लिम्बु,रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल र सुजन खतिवडा लगायतका अनुभवी कलाकारहरू अनुबन्धित गराएका जानकारी दिएको छ ।

चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति रहने सोल्टिनीमा प्रकाश सपूतले ’भीमसेन पोखरेल’ र परीक्षा लिम्बुले ’दिलासा राई’को मुख्य भूमिका निभाउने चलचित्रको घोषणामा गरिएको छ । पहिलो पटक एकसाथ देखिन लागेका यी दुई कलाकारको जोडीले पर्दामा जादु चलाउने विश्वास गरिएको छ ।

भोजपुरको रमणीय प्राकृतिक सौन्दर्यमा छायाङ्कन हुने यस चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ । साथै, दुई प्रमुख पात्रबीचको प्रेम कथा पनि यसको मुख्य आकर्षण रहनेछ ।

चलचित्रको सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गर्नेछन् । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । ट्राइडेन्ट कन्सेप्टले पब्लिसिटी डिजाइन गर्नेछ भने आरआर फिल्मस् प्रा.लि.ले नेपाल र नेपसिनेले विदेश वितरण गर्नेछन् । डिजिटल अधिकार एआर डिजिटलले खरिद गरेको छ ।

पुस १५ बाट छायाङ्कन सुरु हुने चलचित्रलाई २०८२ सालको असोज ३ गते संविधान दिवसको दिन प्रर्दशन गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  २ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।