१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नयाँ बर्षमा महानायक राजेश हमालको ‘नरसिंहा अवतार’सँगै तीन चलचित्रको महाभिडन्त हुने



राम्रो चलचित्र प्रर्दशनको हानथाप गरेर जुधाउदा नेपाली चलचित्र क्षेत्रलाई नोक्सान हुने गरेको चलचित्र विश्लेषकहरु बताउछन्

काठमाडौं
आगामी नयाँ बर्ष फेरि तीन चलचित्रको महाभिडन्तको तयारी सुरु भएको छ ।

नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले पछिल्लो समय अभिनय गरेको चलचित्र ‘नरसिंहा अवतार’ यही चैत्रमा प्रर्दशनमा आउने घोषणासँगै चलचित्र क्षेत्रमा फेरि निर्माताहरु आफ्नो चलचित्र दाउमा राखेर भिडन्तमा उत्रेका हुन् ।
यसै दिन चलचित्र सौरव चौधरीले निर्देशन गरेको चलचित्र ‘कर्मा’ र कृषा चौलागाईको ‘पीताम्बर’ प्रर्दशनको तयारीमा छन् ।

सौरव चौधरीको चलचित्र अगत्स्यले पछिल्लो समय चर्चा बटुलेको थियो । निर्देशक कृषा चौलागाईको केही समयअघि चलचित्र अ‍ैचो पैचो प्रर्दशनमा आएको थियो । उनी नेपाली चलचित्र क्षेत्रकी आँटली निर्देशकको रुपमा दरिएकी छिन् ।
गएको फुलपातीमा पनि तीन चलचित्रहरु छक्का पञ्जा ५, १२ गाँउ र ज्वाईं साप प्रर्दशन भए । तीनै चलचित्रले बक्स अफिसमा चर्चासँगै व्यापार गरेका थिए ।
सार्वजनिक विदामा नेपाली दर्शक हलमा झुम्मिने हुँदा निर्देशकहरु विदाको छेको पारेर चलचित्र प्रर्दशन गर्न लोभिन्छन् । राम्रो चलचित्र प्रर्दशनको हानथाप गरेर जुधाउदा नेपाली चलचित्र क्षेत्रलाई नोक्सान हुने गरेको चलचित्र विश्लेषकहरु बताउछन् ।


चलचित्र ‘नरसिंहा अवतार’मा राजश हमालसँगै अर्का पुराना अभिनेता सरोज खनाल समेत यस चलचित्रमा देखिनेछन् । चलचित्र चैत्र २९ गते प्रर्दशन हुने निर्माण पक्षले जानकारी दिएको छ ।
चलचित्रमा मोडलको छवि बनाएकी अभिनेत्री नीति शाह, सनिशा भट्टराई, राज कटुवाल, अर्जुन श्रेष्ठ, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवरको पनि अभिनय छ ।
चलचित्रका निर्देशक दिवाकर भट्टराई रहेका छन् । चलचित्र कम्पनी एप्पल इन्टरटेनमेन्ट ले निर्माण गरेको हो ।

 

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  २ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।