२१ पुस २०८१, आइतबार | Sun Jan 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘कार्साङ’का कलाकार र निर्देशक भन्छन्, ‘चलचित्र राम्रो छ’



काठमाडौं
राजधानीमा चलचित्र ‘कार्साङ’को प्रर्दशनको छेको पारेर आयोजित पत्रकार सम्मेलनमा कलाकार तथा निर्देशकले राम्रो चलचित्र बनेको दाबी गरेका छन् ।
चलचित्रका अभिनेता दयाहाङ राईले झाँक्री बनेर आगोको रापमा हाम फालेको अनुभव सुनाए
झाँक्री बनेर आगोमा नाच्न डराएका अभिनेता राईले आगोमा पसेपछि केही नभएको देखेर झाँक्री विद्याको प्रशंसा गरे ।

चलचित्रबारे उनले भने, ‘कार्साङ’मा मैले कहिल्यै नगरेको अनौठो अनुभव गर्न पाए ।”
निर्देशक यम शेर्पाले चलचित्रले दर्शकको मन छुने दाबी गर्दै भने, चलचित्रले ‘भावुक बनाउँछ र हसाउँछ पनि ।” उनले दयाहाङ राई, दिया मास्के, जितु नेपाल, सिर्जना निङलेखुजस्ता कलाकारको अभिनयनले चलचित्रलाई थप सशक्त बनाएको बताए ।

कलाकार जितु नेपालले चलचित्र विषय, प्रस्तुति लिएर धेरैले सोधेको बताए । पोस्टर निस्किएपछि धेरैको चासो बढेको उनको भनाइ छ।

अभिनेत्री सिर्जना निङलेखुले समग्रमा चलचित्र राम्रो बनेको बताइन् । भनिन्,‘मैले पनि राम्रो काम गर्ने प्रयास गरेको छु ।”

पुस २६ गते प्रर्दशनको तयारीमा रहेको चलचित्र यम शेर्पाको डेब्यु निर्देशन हो ।

चलचित्र ‘कार्साङ’मा दयाहाङ, सिर्जना, जितु र दीयासँगै बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा चलचित्र निर्माण गरिएको छ ।

 

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ९ : ३९ बजे