१७ पुस । हरेक वर्ष जनवरी १ का दिन मनाइने अन्तर्राष्ट्रिय टोपी दिवस यस वर्ष पनि मनाइएको छ । काठमाडौंको वसन्तपुरमा एक कार्यक्रम गरी १२ औं टोपी दिवस मनाइएको हो ।
जागरुक युवा अभियान नेपालले हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर विगत ११ वर्षदेखि नेपाली टोपी दिवस मनाउँदै आइरहेको छ । यस वर्षको टोपी दिवसको नारा ‘सबै पोशाकको सम्मानः नेपाली टोपी नेपालको पहिचान’ रहेको छ ।









प्रतिक्रिया