५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘राजागञ्ज’को प्रर्दशन मिती घोषणा



काठमाडौँ
दीपक रौनियार निर्देशित चलचित्र ‘राजागञ्ज’ आगामी चैत १ गते प्रदर्शन हुने घोषणा गरिएको छ ।
‘हाइवे’, ‘सेतो सूर्य’ जस्ता चलचित्र निर्देशन गरेका सफल  निर्देशक रौनियारले नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथामा चलचित्र तयार गरेका छन् ।
‘राजागञ्ज’मा आशा मगराती, पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, पशुपति राई, नीरज श्रेष्ठ लगायतले अभिनय गरेका छन् ।
भेनिस, बुसान र मुम्बई लगायतका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘पूजा सर’ नामबाट सहभागी भएको यो चलचित्र नेपालमा ‘राजागञ्ज’ नामबाट प्रदर्शन हुने निर्माता मध्येका रामबाबु गुरुङले जानकारी दिएका छन् । गुरुङले भने, “तराईको सौन्दर्यता, संस्कृतिसँगै त्यहाँ भएको एउटा घटनाक्रमलाई हामीले चलचित्रको विषय बनाएका छौँ । यो पूर्ण रुपमा काल्पनिक भएता पनि वास्तविक घटनाबाट प्रेरित भएर तयार गरेका हौँ । विश्वभरका महोत्सवमा रुचाइएको यो चलचित्र नेपाली दर्शकको प्राथमिकता पर्नेमा विश्वस्त छौँ ।”

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ८ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।