४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिण ललितपुरको प्युटारमा एम्बुलेन्स दुर्घटना, तीन घाइते, उपचारका लागि पाटन ल्याइयो



चापागाँउ
दक्षिण ललितपुरको प्युटारमा एम्बुलेन्स दुर्घटनामा परेको छ । आश्राङ प्रहरी चौकीका अनुसार सदरमुकामबाट विरामी पु¥याएर फर्कीरहेको अवस्थामा वागमती गाँउपालिका ५ प्युटारस्थित फुर्केडाँडा जाने क्रममा ढुंगामा ठोक्किएर प्रदेश ३ ०१ ००२ झ ५२२७ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो ।
दुर्घटनाका क्रममा एम्बुलेन्स ५० मिटर सडकमुनी पुगेको छ ।
एम्बुलेन्समा बीच सडकबाट घर फर्किरहेका स्थानीय सेते गोले र लक्ष्मी लो सवार थिए । उनीहरुले चालक बिरमान स्याङ्तानसँग लिफ्ट मागेर एम्बुलेन्स चढेका थिए । दुर्घटनापछि तीनै जना घाइते छन् । घाइते चालक र यात्रुको स्थानीयले उद्दार गरेर प्युटारस्थित थाङ्सिङ्टार अस्पतालमा उपचारका लागि लगिएको थियो ।
घाइतेहरुको सरिरको बाहिरी भागमा चोट छैन । यद्यपी डाक्टरहरुले सरिरको भित्री भागमा चोट लागेको आशंका गर्दै पाटन अस्पताल रिफर गरेपछि उनीहरुको उपचारका लागि पाटन अस्पताल ल्याइएको छ ।

 

 

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ९ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।