चलचित्रले नेपालीहरुको मन छुन्छ । जहाँ जहाँ प्रर्दशनी ग¥यौं । सबैले प्रशंसा मात्रै गरेका छन्
ललितखबर
मर्मस्पर्शी चलचित्र ‘जुना : एक व्यथा’ आउँदो माघ २५ गतेबाट देशभरका चलचित्र भवनहरुमा प्रर्दशनको तयारीमा छ ।
यो चलचित्रको चर्चा प्रर्दशनअघि भइरहेको छ । देशका विभिन्न स्थानमा गरिएको विशेष प्रर्दशनीमा सर्वाधिक चर्चा भयो । यतार्थ घटनालाई आधार बनाएर निर्माण गरिएको यो चलचित्र हेरेर धेरै दर्शक रोएको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल नै बनेको थियो ।
राजधानीमा केही दिनअघि आयोजित औपचारिक कार्यक्रममा निर्माता दिपकप्रसाद घिमिरेले विशेष प्रर्दशनीमा दर्शक रुँदा रुदै बेहोस बनेपछि अस्पताल भर्ना गरिएको घटना सुनाए । घिमिरेले भने, चलचित्रले नेपालीहरुको मन छुन्छ । जहाँ जहाँ प्रर्दशनी ग¥यौं । सबैले प्रशंसा मात्रै गरेका छन् ।
चलचित्रमा कलाकार अस्मिता ढकालको अभिनय हेरेर धेरै दर्शकको मन मश्तिष्क हल्लाउछ । बालविवाह पछिको हिंसाको दृश्य हेर्ने दर्शकको आँड नै जिरिङ हुन्छ ।
बर्षै अघि नेपाली समाजमा रहेको वालविवाहको कथामा चलचित्र निर्माण गरिएको छ । चलचित्रमा वावुको भूमिकामा कलाकार देशभक्त खनाल सशक्त अभिनय छ ।
यो चलचित्र मात्रै होइन नेपाली समाजको वास्तविक दृश्य हो । दर्शकले चलचित्र मन पराउनेमा ढुक्क छु
चलचित्र निर्देशन जीवन सेन्चुरीको निर्देशन रहेको जुनामाकलाकारहरु अस्मिता ढकालसँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोराको अभिनय हेर्न सकिन्छ ।
गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण गरिएको यस चलचित्र दिपकप्रसाद घिमिरेले निर्माण गरेका हुन् ।
चलचित्रसँगै सामाजिक सन्देस समेत समावेश छ । ‘बाल विवाह सामाजिक अपराध हो । त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारा दिइएको छ ।
चलचित्रका निर्देशक सेञ्चुरी सरकारले कराडौं खर्चेर गर्न नसकेको सामाजिक जागरण चलचित्रले दिने बताउछन् । भन्छन्, ‘यो चलचित्र मात्रै होइन नेपाली समाजको वास्तविक दृश्य हो । दर्शकले चलचित्र मन पराउनेमा ढुक्क छु ।’
चलचित्र मर्मस्पर्शी रहेकाले धेरै दर्शकले आँशु झरेको अनुभव निर्देशक सेञ्चुरीले टिजर सार्वजनिक कार्यक्रममा सुनाए ।
निर्माण पक्षले चलचित्र केही समयअघि राष्ट्रपति भवनमा तत्कालीन राष्ट्रपति विद्यादेवि भण्डारीलगायतलाई देखाइएको थियो । चलचित्र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँगै राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद, विज्ञ, लेखक, र समालोचकहरूले विशेष प्रदर्शनमा हेरिसकेका छन् । उनीहरूले चलचित्रको विषयवस्तु र प्रस्तुतीकरणप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन् ।
चलचित्रमा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीले संगीत भरेका छन् । चलचित्रको गीतमा जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्दमा अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीले स्वर दिएका छन् ।
चलचित्र पर्वतको सालिजा ओख्रेनी गाउँमा छायांकन गरिएको छ । चलचित्रका छायांकार रामेश्वर हुमागाईं हुन् ।
एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले चलचित्र वितरण गर्ने भएका छन् ।
प्रतिक्रिया