१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


१७ सहसचिवको सरुवा, आन्तरिक राजस्व र भन्सार विभागका महानिर्देशक फेरिए (सूचीसहित)



काठमाडौं । सरकारले १७ सहसचिवको सरुवा गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत १७ सहसचिवको सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार अर्थ मन्त्रालयसहित विभिन्न मन्त्रालयका सहसचिवको सरुवा गरिएको छ । प्राविधिक मन्त्रालय तथा सेवाका सहसचिवको पनि सरुवा भएको छ ।

सहसचिवको सरुवा गर्दा सरकारले अर्थ मन्त्रालयअन्तर्गतका दुई ठूला विभागका महानिर्देशक पनि हेरफेर गरेको छ । जसमा आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ६ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।