ललितखबर
बुधबार साँझ राजधानीको चावहिलस्थित एक चलचित्र भवनमा नेपाली चलचित्र क्षेत्रका कलाकारहरुको भीडभाड थियो । नवनिर्मित चलचित्र रंगीको प्रिमियरमा सहभागी उनीहरु आधुनिक फेशन पहिरिएर कार्यक्रममा सहभागी थिए ।
प्रिमियरमा अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला, पुजा चन्द,जयकिसन बस्नेतलगायत थुप्रै चिरपरिचित कलाकारहरुले चलचित्र हेरे ।
अभिनेता जयकिसन बस्नेतले चलचित्र हेर्ने क्रममा धेरै पटक रोएको प्रतिकृया दिए । उनले यो बर्षको उत्कृष्ट अभिनेताको अवार्ड चलचित्रका मुख्य पात्र सलोन बस्नेतले पाउनु पर्ने उनको तर्क थियो ।
अभिनेत्री पुजा चन्द पनि चलचित्र हेरेर खुशी देखिन्थिन् । भर्खरै चलचित्रको छायांकनको लागि नेपाल आएकी अभिनेत्री चन्दले चलचित्रले पछिल्लो व्यस्त जनजीवनका कारण छोरो छोरीलाई अभिभावकले समय दिन नसकेको सन्दर्भलाई उठान गरेको विषय मन परेको बताइन् ।
हास्य कलाकार भरतमणी पौडेलले चलचित्र हेर्दा आफ्नै परिवारको कथा जस्तो लागेको बताए । भने, ‘मन छोयो ।’

अभिनेता सलिनमान बानियाँले चलचित्र हेरे आँखा रसाएको बताए । उनले अभिनेता सलोनको अभिनय राम्रो लागेको सुनाए ।
हास्य कलाकार सुमन पौडेलले वालकलाकार आयुषी ढकालको अभिनयले मन तानेको अनुभव सुनाए ।
चलचित्र शुक्रबार (फागुन २ गते) बाट देशभर प्रर्दशन हुने भएको छ ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ुरंगीु सुरेश न्यौपानेले निर्देशन गरेका हुन्। सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरूङ र विशाल पहारीको अभिनय छ।







प्रतिक्रिया