१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘नो केबलकार’ आन्दोलनमा सुरक्षाकर्मीसँग मुठभेड, १२ जना घाइते(भिडियोसहित)



काठमाडौं । पदयात्रा गर्दै ताप्लेजुङको पाथीभरा मन्दिर पुगेका ‘नो केबलकार’ पक्षधर र सुरक्षाकर्मीबीच मुठभेड भएको छ । पाथीभराको केबलकार निर्माण क्षेत्रमा पुगेर ‘नो केबलकार’ आन्दोलनरत समूहले सुरक्षाकर्मीलाई ढुंगामुढा गरेपछि झडप भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नेत्रप्रसाद शर्माले बताए ।

झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका बताउँदै उनले घाइते हुनेमा सुरक्षाकर्मी धेरै रहेका बताए । सीडीओ शर्माले स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेको बताए । पाथीभरामा केबलकार निर्माणमा विरोध गर्दै आएको समूह बिहीबार पदयात्रा गर्दै ठूलो फेदीबाट केबलकार निर्माणस्थलतर्फ गएकोमा झडपको भएको छ ।

निर्माणस्थल कब्जामा लिने भन्दै आन्दोलनकारीले सुरक्षाकर्मीको घेरा तोड्न खोजेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ८ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।