प्रर्दशनरत चलचित्रमध्ये चलचित्र ‘लाज शरणम्’ले देशभरका हलहरुमा राम्रो शो पाएको छ
चापागाँउ
आज बुधबारबाट देशभरका चलचित्र भवनहरुबाट तीन चलचित्रहरुको बक्सअफिस भीडन्त सुरु भएको छ ।
विशेष गरेर हरेक शुक्रबारबाट चलचित्रहरु प्रर्दशन प्रारम्भ हुने भए पनि आज शिवरात्रीको विदा, आँउदो शुक्रबार ग्लाल्पो ल्होसार (गुड फ्राइडे) र शनिबारको सार्वजनिक विदालाई मध्यनजर गरेर चलचित्रहरु ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिलिली’ प्रर्दशन सुरु भएको हो ।
पछिल्लो तिहारबाट चलचित्रहरुले उल्येख्य व्यापार गर्न नसकिरहेको सन्दर्भमा तीन चलचित्र प्रर्दशन सुरु भएको हो । तीन चलचित्रको प्रतिश्पर्धाकै बीच दर्शकको चलचित्र भवनहरुमा भीड बढ्ने अपेक्षा गरिएको छ ।
प्रर्दशनरत चलचित्रमध्ये चलचित्र ‘लाज शरणम्’ले देशभरका हलहरुमा राम्रो शो पाएको छ । चलचित्रले देशभरका हलहरुमा १ सय ८० धेरै पाएको छ । यो हलहरुको संख्याको हिसावले करिव पचास प्रतिशत हो । शोमध्ये लगभग आधामा ६० प्रतिशतसम्म अकुपेन्सी देखिन्छ ।
चलचित्र ‘मायावी’ र ‘फेरि रेशम फिलिली’को भने बिहानी शो ठिकै देखिएको छ । तीन दिने सार्वजनिक विदा र प्रिमियरमा पाएको सकारात्मक प्रतिकृयाका कारण हलहरुमा दर्शकको मागसँगै शो थपिने सम्भावना छ । हास्यकलाकारहरुको भीड रहेको चलचित्र ‘लाज शरणम्’को चर्चा र राम्रो क्रेज देखिएका कारण चुनौती भने कायमै छ ।
चलचित्र ‘लाज शरणम्’मा कलाकार कुमार कट्टेलको निर्देशनमा तयार भएको हो । यस चलचित्रमा सिताराम कट्टेल धुर्मुस, विजय बराल, अर्जुन घिमिरे, महेश त्रिपाठी लगायत कलाकारहरुको अभिनय हेर्न पाइनछ ।
चलचित्र ‘मायावी’मो दीवाकर भट्टराईको निर्देशनमा बनेको हो । यस चलचित्रमा पल शाह,दीपिका प्रसाईं र महेश त्रिपाठीलगायतको अभिनय रहेको छ ।
चलचित्र ‘फेरि रेशम फिलिली’मा निरोज महर्जनले निर्देशन गरेको चलचित्र हो । रेशम फिलिलीको सिक्वेल यो चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरसिया, निर शाह लगायतको अभिनय हेर्न पाइन्छ । बुधबार राजधानमिा सम्पन्न भएको प्रिमियरमा अधिकाशं सहभागीले चलचित्र राम्रो भएको प्रतिकृया दिएका थिए ।








प्रतिक्रिया