२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘कोशेढुंगा’को ललितपुरबाट छायाँकन सुरु



ललितपुर
राजधानीबाट चलचित्र ‘कोशेढुंगा’को छायाँकन सुरु भएको छ ।
महाशिवरात्रिको अवसर पारेर ललितपुरको च्यासलमा चलचित्रको शुभमुर्हुतसँगै छायाँकन सुरु गरिएको निर्देशक सरोज पौडेलले बताएका छन् ।
उनका अनुसार ललितपुरको च्यासलस्थित सेटबाट चलचित्रको छायाँकन सुरु भएको हो ।
चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, सरोज खनाल, विशाल पहारी, शेखर चापागाईं, सिरू विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाल लगायत कलाकारहरू अनुबन्धित भएका छन् ।
केही दिन राजधानीमा चलचित्रको छायांकन गरेपछि स्याङ्जातर्फ युनिट प्रस्थान गर्ने कार्यक्रम छ ।
निर्देशक पौडेलको चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ बक्सअफिसमा सुपरहिट भएको थियो ।

चलचित्रको निर्माता प्रेविल कँडेल र किशोर अनुराग रहेका छन् भने कार्यकारी निर्मातामा दिनेश खड्का छन्।
चलचित्र २०८२ मा प्रदृशन गर्ने लक्ष्यका साथ निर्माण टिम जुटेको छ । प्रर्दशन मिती भने खुलासा गरिएको छैन ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  १२ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।