२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘माग्ने राजा’का लागि ज्ञानेन्द शाह राजधानी प्रवेश गरिरहँदाको भीड छायाँकन



काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं आउँदा राजधानीमा जम्मा भएको भीडको दृश्य चलचित्र ‘माग्ने राजा’का लागि छायाँकन गरिएको छ ।
चलचित्रका ऋषि लामिछानेका अनुसार चलचित्रका लागि भीडको दृश्य आवश्यक परेकोले आयोजकहरुसँगको अनुमतीमा सो दृश्यहरु छायाँकन गरिएको छ ।
छायांकनको क्रममा पुर्वराजा ज्ञानेन्द्र शाहको अनुहार भने खिचिएको छैन । चलचित्र छायाँकनका लागि पाँच वटा क्यामेरा प्रयोग गरिएको थियो ।
कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ‘माग्ने राजा’को भूमिकामा रहेको यस चलचित्रमा वर्षा सिवाकोटी, आर्यन सिग्देल, विल्सन विक्रम राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
मुनाल घिमिरेको लगानीमा निर्माण भइरहेको चलचित्र पत्रकार सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् ।
चलचित्र आउँदो तीजमा प्रर्दशन गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ६ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।