२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


आङ नै सिरिङ हुने प्रदिप खड्काको एक्सन



ललितखबर
पछिल्ला दिनहरुमा अभिनेता प्रदिप खड्का फरक फरक चलचित्रहरुमा अभिनय गर्दै आइरहेका छन् । चलचित्र प्रकाशमा सुदुरपश्चिमी युवाको भूमिकामा देखिएका उनी पुजार सार्कीमा दलीय युवकको अभिनय देखाएर चर्चामा आए । चलचित्र एक्टर टेक वानमा प्रमिल युवा बनेर फरक भूमिकामा आफूलाई प्रमाणित गर्न प्रयासरत अभिनेता खड्काको अर्को दमदार प्रस्तुती रहेको चलचित्र प्रर्दशन्मुख छ ।
यही चैज्ञ २९ गतेबाट प्रर्दशनको तयारीमा रहको चलचित्र पिताम्बरमा प्रदिप एक्सन अवतारमा देखिने तयारीमा छन् । सोही चलचित्रको दोश्रो टिजर निर्माण पक्षले भर्खरै सामाजिक सञ्जाल युट्युवमार्फत सार्वजनिक गरेको छ ।
टिजरमा उनको दमदार एक्सनको अवतार देखाइएको छ । हातमा चक्कु बोकेको उनको दृश्य देख्दै आङ सिरिङ हुन्छ ।
खड्काको जन्मदिनको अवसर पारेर सावजनिक टिजरमा अभिनेता खड्का मात्रै फिचर्ड छन् । टिजरमा गज्जवको एक्सनको तयारीमा भागदौडका दृश्य समेटिएको देख्न सकिन्छ ।

यसअघि चलचित्रको टिजर र गीत ‘म त फ्यान भए यार’ सार्वजनिक भइसकेको छ ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय रहेको छ ।
निमात्री कृषा चौलागाईको निर्देशन रहेको सिनेमामा विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।