चलचित्र ‘होस्टेल ३’को तीन दिनको व्यापार १ ४६ लाख व्यापार गरेको छ ।
चलचित्र विकाश बोर्डका अनुसार गएको फागुन २३ गते शुक्रबारदेखि प्रर्दशन सुरु भएको यस चलचित्रका आइतबारसम्मको हिसाव सार्वजनिक गरिएको हो ।
पछिल्लो समय चलचित्रहरुको व्यापारमा मन्दी आइरहेको सन्दर्भमा यसलाई सुखद नै मान्नु पर्छ । समिक्षक र दर्शकको राम्रो प्रतिकृया पाएको यस चलचित्रको आउँदा दिनहरुमा व्यापार बढ्ने अपेक्षा गर्न सकिन्छ ।
डिजिटल र ओभरसिज मार्केटबाट राम्रै व्यापार भइरहेको वर्तमान परिप्रेक्षमा चलचित्रको लगानी सुरक्षित भएको आकलन गरिएको छ ।
सशान कँडेलको निर्देशनमा बनेको यस चलचित्रमा सबै अपरिचित कलाकारहरुको अभिनय रहेको अवस्थामा उनीहरुको अभिनयलाई दिएर सिने बजारमा चर्चा छ ।
टिकटकर पारस बम ‘कुल ब्वाय’, सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, हेना नगरकोटीलगायत कलाकारहरुको अभिनय रहेको चलचित्रमा विद्यार्थी जीवनको भागाई र उतारचढावलाई कथा बुनिएको छ ।








प्रतिक्रिया