काठमाडौं । कुमार कट्टेल निर्देशित नेपाल चलचित्र‘लाज शरणम्’ अहिले दोस्रो सातामा प्रदर्शन भैरहेको छ । चलचित्र विकास बोर्डअन्तर्गतको बक्सअफिसमा प्रदर्शनको १२ औं दिन आइतबारसम्म फिल्मले ३ करोड ४७ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । यो फिल्म महाशिवरात्रिको अवसरमा फागुन १४ गते रिलिज भएको थियो ।
चर्चित टिभी सिरिज ‘सक्किगो नि’ निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको फिल्मको यो कमाइ अपेक्षाभन्दा न्यून हो । रिलिजअघिको प्राप्त हाइप, चर्चित कलाकार र ब्यानर हेर्दा फिल्मको अझै आक्रामक कमाइ गर्ने प्रक्षेपण गरिएको थियो ।
फिल्ममा सीताराम कट्टेल, अर्पण थापा, महेश त्रिपाठी, रेणुनाथ योगी, मुकुन्द श्रेष्ठ लगायतको अभिनय छ ।








प्रतिक्रिया