२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘कर्मा’को पोस्टरमा उपासनासिंह ठकुरीको नौलो लुक्स



काठमाडौं
चलचित्र ‘कर्मा’को पोस्टरमा उपासनासिंह ठकुरीको नौलो लुक्स देखिएकी छिन् ।
अभिनेता विपीन कार्कीको जोडीको रुपमा अभिनय गरिरहेकी अभिनेत्री उपासनाको लुक्सप्रतिको कौतुहलता मेटाउँदै निर्माणपक्षले क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । विपिनको यो पहिलो एक्सन विधा(जनरा)को चलचित्रमा अभिनय गर्न लागेको कारण चर्चा चुलिएको छ ।

सार्वजनिक लुक्समा उनी सामान्य कुर्थासुरुवालमा देखिएकी छन् । मोर्डन युवतीभन्दा पनि उनी गाउँबाट सहर आएकी युवतीजस्तो देखिएकी छन् ।

यद्यपि, यसबारे निर्माणपक्षले केही खुलाएको छैन । तर, उनको लुक्स र यसअघि सार्वजनिक विपीनको लुक्स हेर्दा उनीहरूको जोडी शारीरिक हिसावले सुहाउँदो देखिएको छ ।‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका हुन् । ‘कर्मा’को छायांकन दाङ र काठमाडौंमा गरिएको थियो ।

चलचित्र ‘कर्मा’ यही चैत २९ गते प्रर्दशन हुँदैछ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।

‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ ।

मुकुन यो चलचित्रमा नेगेटिभ क्यारेक्टरमा छन् । एक्सन ड्रामा जनरामा निर्माण भएको चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् ।

‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गरिसकेको छ । चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।

केही समय अघि सार्वजनिक पोस्टरले दर्शकमाझ उत्सुकता बढाएसँगै ओभरसिज माकेर्टमा पनि दर्शकमा ‘कर्मा’प्रति चासो रहेको सेभेन सिज सिनेमाले बताएको छ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ ।

निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ९ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।