१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री अञ्जनालाई चर्चाको चिन्ता



काठमाडौं
कहिलेकाँही भनिन्छ नि, मेहनत गरेर मात्रै हुँदैन । भाग्यले पनि साथ दिनुपर्छ । यस्तै भएको हिट अभिनेत्री अञ्जना बराईलीलाई ।
कोही कलाकार चलचित्र नचलेपछि पनि खुबै चर्चामा आउँछन् । तर आफ्ना चलचित्र सुपरहिट हुँदा समेत चर्चा नभएपछि अभिनेत्री अञ्जना बराइलीलाई भने चिन्ता बढेको छ । उनी आफ्ना सबै चलचित्र हिट बनेको स्प्रष्टिकरण दिदै हिड्नु परेको छ ।

उनले दर्शकलाई एक से एक हिट चलचित्र दिएकी छिन् । तर पनि दर्शकको नजरमा पर्न धौँ धौँ छ ।
उनले २ वर्षअघि अभिनय गरेको म्युजिक भिडियो ‘घुमीघुमी’होस या चलचित्र ‘महापुरुष’, ‘पुजार सार्की’ वा ‘पूर्ण बहादुरको सारंगी’ नै । सबै चलचित्र हिट भएका थिए । तर उनको दर्शकले त्यो समयमा चर्चा नै गरिदिएनन । चलचित्र ‘महापुरुष’को चर्चा हुँदा अञ्जनाको कसैले चर्चै गरेनन् भन्दा पनि हुन्छ । उनी यस चलचित्रका हरिवंश आचार्यलगायतको कलाकारको छायाँमा परिन् । डेब्यु चलचित्र नै हिट बने तापनि उनी दर्शकको नोटिसमा परिनन् । बरु फिल्ममेकरको नोटिसमा भने मज्जैले परिन ।
त्यसपछि उनले अभिनय गरेका चलचित्र ‘पूजार सार्की’,‘पुर्णबहादुरको साराङ्गी’लाई नसोचेको सफलता मिल्यो । यस चलचित्रमा प्रदिप खड्कालगायतको अभिनयको चर्चा भयो । यसबाट उनी फिल्ममेकरले नोटिसमा परेपनि पाउनुपर्ने जति चर्चा बटुल्न सकिनन् ।


पछिल्लो चलचित्र ‘पुर्णबहादुरको साराङ्गी’की बाटुली बनेकी अञ्जनाको भन्दा पूर्णे९विजय बराल०को धेरै चर्चा भयो । सुपरहिट चलचित्र दिए पनि आफू परेकी अञ्जना अन्र्तवार्ताहरुमा बाटुलीको चर्चा गर्दै हिडेकी छिन् ।

चर्चा सोचेजति नभएता पनि उनलाई घरमा नै बसेर मोवाइल चलाउनुपर्ने खालको फुर्सद छैन । किनभने उनले एकपछि अर्को चिलचित्रमा काम गरिरहेकी छन् । उनले अभिनय गरेको चलचित्र ‘कर्मा’ र ‘डोरी’प्रदर्शनका लागि तयारीमा छन् । अघिल्ला चलचित्र जस्तै यो चलचित्र पनि हिट हुने चर्चा छ । तर प्रदर्शन नभई यसै भन्न सकिदैन ।
उनका चलचित्रमा मात्र होइन,म्युजिक भिडियोमा पनि चलेकै छिन् । यतिका चलचित्र र गीत हिट हुँदा चर्चा हुनुपर्ने हो चतर उनको कामको चर्चा नै छैन, तारिफ नै सुनिदैन। आखिर किन होला तरु सफल चलचित्र र गीत जतिकै आफु पनि चर्चामा चर्चामा आउन त अलिअलि भाग्य पनि चाहिन्छ कि के हो रु अञ्जना रु

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ८ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।