१ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ’होस्टेल ३’को साताभरको व्यापार ४ करोड ३२ लाख



काठमाडौं
गतशुक्रवार प्रदर्शन सुरु भएको चलचित्र ’होस्टेल ३’ ले साताभर ४ करोड ३२ लाख व्यापार गरेको छ ।
का निर्माताले पहिलो हप्ताको एकमुस्ट व्यापार सार्वजनिक गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार यस चलचित्रले बिहीबार सम्ममा ग्रस कलेक्सन गरेको छ ।

चलचित्र निर्माण कम्पनी सम्मान इन्टरटेन्मेन्टका सञ्चालक एवं निर्देशक सशान कँडेल का अनुसार वितरकहरूबाट प्राप्त डिसिआर रिपोर्टको आधारमा उपत्यकामा २ करोड ३० लाख र उपत्यका बाहिर २ करोड २ लाख कलेक्सन गरेका छन् ।

“हामीलाई वितरकले दिएको व्यापार रिपोर्ट नै आधिकारिक हुन्छ । वितरकले दिएको बिहीबारसम्मको रिपोर्टमा ४ करोड ३२ लाख ग्रस कलेक्सन देखिएको छ,“ कँडेलले भने ।

पछिल्लो समय प्रर्दशनमा आएका तीन नयाँ नेपाली चलचित्रहरू प्रर्दशनका बाबजुद पनि हलहरूमा ’होस्टेल ३’को अधिक मात्रा शो कटौती भएका छैनन् । कतिपय हलहरूमा नयाँ चलचित्रहरूको भन्दा ’होस्टेल ३’को शो बढी रहेको निर्माण पक्षको दाबी छ ।

चलचित्र ‘होस्टेल ३’ बिहीबारदेखि मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा पनि प्रदर्शनमा आएको छ, यी हलहरुमा दर्शकहरूको उपस्थिति राम्रो रहेको निर्माण पक्षले जानकारी दिएको छ ।
चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।

यस चलचित्रमा माधव शर्माले पटकथा तथा संवाद लेखन तथा एसोसियट निर्देशन रहेको छ । चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  १२ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।