२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


राजधानीमा १२ देशका १७ नाटक देखाउने तयारी



काठमाडौँ
राजधानीमा १२ देशका १७ नाटक देखाउने तयारी गरिएको छ ।
नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणमा १२ देशका १७ नाटक मञ्चन गरेर देखाउने तयारी भएको हो । मण्डला थिएटरद्वारा आयोजना गरिने महोत्सव यही चैत ६ देखि १२ गतेसम्म चल्ने महोत्सवका संयोजक केदार श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार विश्वभरबाट एक सय १५ नाटक प्राप्त भएका छन् । तीमध्येबाट १० विदेशी र २ नेपाली गरी १२ वटा नाटक छनोट गरिएको छ । त्यसबाहेक मण्डला थिएटरबाट एक, तीन सहरका स्थानीय आयोजकका तीन र चौतारी नाटक एक गरी जम्मा १७ नाटक महोत्सवमा मञ्चन गरिने छ ।
श्रेष्ठका अनुसार नेपालबाट ‘झोडा’ र ‘सामा चाको सामा चाको अहिवा हे’, जापान र नेपालको ‘कन्दाता एन्ड शकुन्तला’, भारतको ‘एबओर्जिनल क्राइ’ र  ‘तमासा’, चीनको ‘मोचौ मोचौ’, ट्युनिसियाको ‘एसेच’, इरानको ‘एन्टिगोन’, लिुथआना र स्पेनको ‘अराइभ्ड’, चीनको ‘चार्मिङ जिन्जु ओपेर एपिसोड्स’लगायतका नाटक छनोट गरिएको छ ।
‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ नारासहित हुने महोत्सव काठमाडौँस्थित मण्डला थिएटरसँगै पोखरा, भरतपुर र बेलबारीमा पनि हुँदैछ । संयोजक श्रेष्ठले महोत्सवमा एक सय भन्दा बढी विदेशी कलाकारहरु आउने, स्कटल्यान्ड, चीन र जर्मनीका कलाकारद्वारा तीन फरक कार्यशालासँगै कला प्रदर्शनी, सङ्गीत, नृत्य प्रदर्शनी हुने जानकारी दिएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०८१, शनिबार  ८ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।