२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘अञ्जिला’लाई दर्शकको साथ, कलेक्सन रिपोर्ट सार्वजनिक



काठमाडौं
गत बिहीबारबाट प्रदृशनमा आएको नेपाली चलचित्र ‘अञ्जिला’लाई दर्शकले ‘राम्रो’ दिएका छन् । निर्माण पक्षका अनुसार विहीबार, शुक्रबार र शनिबार तीन दिन चलचित्रले २ करोड ७ लाख व्यापार गरेको छ ।

चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले वितरकहरूबाट प्राप्त रिपोर्टका आधारमा कलेक्सन रिपोर्ट सार्वजनिक गरिएको बताइएको छ । पहिलो शनिवार देशभरका सम्पूर्ण शोहरू हाउसफुल भई नयाँ शोहरू समेत थपिएको थियो र थपिएका शोहरु समेत तुरुन्तै हाउसफुल भइरहेको निर्देशकले बताएका थिए ।
विहीबार शुक्रबार र शनिबार तीन दिन राम्रो गरेको चलचित्रले आइतबार सार्वजनिक विदा नभएपनि पनि व्यापार नघटेकोे वितरक करण श्रेष्ठले बताएका छन् ।
‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ ।
यस चलचित्रमा एन्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  १० : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।