१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रविलाई सभामुख घिमिरेको जवाफः सांसद पद निलम्बन फुकुवा गर्न नियमावलीले दिँदैन



काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका छन् । आज (मंगलबार) बिहान लामिछानेसहित रास्वपाका नेताहरुले सभामुख घिमिरेलाई आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका हुन् ।
लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै उनको सांसद पद निलम्बन गरिएको थियो । अहिले उनी विभिन्न जिल्ला अदालतबाट धरौटीमा रिहा भएका हुन् । काठमाडौं जिल्ला अदालत, कास्की जिल्ला अदालत, रूपन्देही जिल्ला अदालत, चितवन जिल्ला अदालतमा उनको सहकारी ठगी प्रकरणको मुद्दा विचाराधीन छ । पक्राउ परेसँगै उनी पार्टीको जिम्मेवारीबाट बाहिरिएका थिए । अचानक हिजो उनी पार्टीको जिम्मेवारीमा फर्किइसकेका छन् ।
सभामुख घिमिरे र लामिछानेबीच आज लामो संवाद भएको थियो । सभामुख घिमिरेल नियमावलीअनुसार तत्काल निलम्बन फुकुवा गर्न नसकिने जवाफ दिएको बताइएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  २ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।