२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘पिताम्बर’ र ‘कर्मा’ कस्तो चलचित्र ?



ललितखबर
नयाँ बर्षको पुर्वसन्ध्यामा चलचित्रहरु ‘पिताम्बर’ र ‘कर्मा’ देशभर प्रर्दशन भइरहेका छन् ।
पछिल्लो समय मौलिक कथा र एक्सन विधाका चलचित्र दर्शकको रोजाईमा परिरहेको सन्दर्भमा एक्सनले भरिएका चलचित्रहरु बजारमा आएका हुन् ।
सौरभ चौधरीले मिठो कथामार्फत अभिनेता विपिन अधिकारीलाई पहिलोपल्ट एक्सन भूमिकामा उतारेका छन् भने गज्जवको एक्सन मसलासँगै निर्देशक कृषा चौलागाईले पिताम्बर बनाएकी छिन् ।
‘कर्मा’
अभिनेता विपिन अधिकारीको एक्सनलाई प्रचार गरिएको भएपछि चलचित्र ‘कर्मा’को कथा बलियो रहेको पाइएको छ । ‘कर्मा’मा विपिनले राम्रो एक्सन क्षमता त देखाएका छन् नै । उनले आमा(सरिता गिरी)लाई मायाँ गर्ने छोराको रुपमा आफूलाई प्रस्तुत गरेका छन् । कलाकार सरिता गिरीको अभिनय हेरेर दर्शकको आँखामा आँशु आउँछ ।
एउटा भ्रष्ट समाजभित्र सोझो युवकले बाँच्नका लागि गर्नु पर्ने संर्घष नै चलचित्र कर्माको कथासार हो । प्रहरी अफिसरमार्फत कलाकार दिव्यदेवले विकृत प्रशासनको आवाज बोलेका छन् । गिताञ्जली पात्रमार्फत उपसनासिंह ठकुरीले दाजुबहिनीको सम्बन्धलाई परिभाषित गरेकी छिन् ।
‘पिताम्बर’
फरक भूमिकामा उभ्याएर सधै चर्चामा आउने प्रदिप खड्का केन्द्रमा रहेको चलचित्र ‘पिताम्बर’मा थुप्रै नाम चलेका कलाकारहरुको अभिनय हेर्न पाइन्छ । निर्देशक कृषा चौलागाईको पिताम्बर एक्सन नै एक्सनले भरिपूर्ण चलचित्र बनाएकी छिन् ।
चलचित्रको सिनेमेट्रोग्राफी राम्रो छ । प्राविधिक पक्ष ज्यादै बलियो देखिन्छ । विषेश गरेर चलचित्रको सम्पादनका कारण दृश्यहरु राम्रा छन् ।
चलचित्रमा दयाहाङ राईदेखि सुरक्षा पन्त, आर्यन सिग्देल, सुपुष्पा भट्ट, सौगात मल्ल, गौरी मल्ल, दिव्या रायमझीसम्मको अव्वल अभिनय हेर्न पाइन्छ । नारी अस्मिताका कारण समाजमा ल्याउने तुफानलाई चलचित्रको मुल विषयबस्तु बनाइएको छ । चलचित्रलाई कथासँगै एक्सन मन चसक्क पार्ने दुखान्त पनि छ ।
अन्तमा,
नयाँ बर्षका छुट्टी मनाउन ‘पिताम्बर’ र ‘कर्मा’ दुबै चलचित्र हेर्नलायक र राम्रा छन् । पिताम्बरको मेकिङ गज्जव छ भने कर्माको कथासारले मन छुन्छ ।
अभिनेता विपिन अधिकारीको एक्सन र उपासनसिंह ठकुरीको फरक भूमिका हेर्न नयाँ बर्षमा हलसम्म जानु जरुरी छ ।
चलचित्र ‘पिताम्बर’मा मल्टिस्टारको प्रस्तुती लोभलाग्दो छ ।
दुबै चलचित्रमा मिठा गीतसँगीत अनि हाँसोले खित्का छोड्न मिल्ने ठट्यौली चाही छैन । चलचित्र हेरेर मनोरञ्जन पाइन्छ । तर विशेष शिक्षा लिने अपेक्षा भने गर्न सकिन्न ।
मातृत्व र परिवारका कथा हेर्न चाहनेका लागि ‘कर्मा’ राम्रो छ । एक्सन चलचित्रमा रुचि छ भने ‘पिताम्बर’ हेर्नु होला ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शनिबार  ३ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।