४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


१६ वर्षमै डिभोर्स भएको खुलाउँदै मिस पवि भन्छिन्–जीवनमा धेरै पाठ सिकेँ



काठमाडौं । चर्चित टिकटकर तथा मोडल पवित्रा साकी (मिस पवि)ले १६ वर्षको उमेरमै आफ्नो डिभोर्स भएको खुलासा गरेकी छन् । एक युट्युब अन्तर्वार्तामा उनले उक्त घटनापछि आफूले जीवनमा धेरै पाठ सिकेको बताइन् ।

कानूनीरुपमा विवाह नभएपनि वैवाहिक सम्बन्ध भने अलग भएको उनको भनाइ छ । ‘म उसलाई कहिल्यै पनि नराम्रो भन्न चाहन्न । जुन कुरा भएको थियो, सक्कियो । यसमा पछुतो छैन’ उनले भनेकी छन्, ‘त्यहाँबाट धेरै कुरा सिक्न पाएँ । लाइफमा अघि बढ्नुपर्छ भन्ने कुरा सिकेँ ।’

डिभोर्सकै कुरामा अल्झिए बस्न उचित नहुने उनको भनाइ छ । ‘डिभोर्सकै कुरामा बसेर रोइरहने, कराइरहने, उसले मलाई यस्तो गर्‍यो त्यस्तो गर्‍यो भन्ने त्यो चाहिँ हुनुहुँदैन’ उनी भन्छिन् । बच्चा उमेरमै डिभोर्स भएको र अहिले बुझ्ने भएको उनको भनाइ छ ।

‘अहिले म २५ वर्षकी भएँ । अहिले धेरै कुरा बुझेजस्तो लाग्छ । त्यतिबेला नबुझेजस्तो । कतिपटक सुसाइड गर्ने प्रयास पनि गरेँ । जुन समाजबाट म आएकी छु, त्यहाँ त्यसरी हेरिन्छ’ मिस पविले भनिन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ५ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।