२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जार’मा सौगात मल्ललाई बाघले लतारेर लगेको दृश्यका लागि २ करोड खर्च



 

चलचित्र ‘जार’मा सौगात मल्ललाई बाघले लतारेर लगेको दृश्यका लागि २ करोड खर्च भएको रहस्य खुलेको छ ।

चलचित्रका निर्देशक फुर्वा छिरिङ लामाले सो दृश्यका दुई करोड रुपैयाँ खर्च भएको बताए । उनका अनुसार चलचित्रको लागि भीएफएक्सको प्रयोग गरिएको जानकारी दिदै यो दृश्यका फ्रिलान्सर भीएफएक्स आर्टिस्ट प्रयोग गरिएको थियो । लामो समय लिएर ३७ जना फ्रिलान्सर भीएफएक्स आर्टिस्टले बाघको दृश्यका लागि काम गरेका थिए ।

यो दृश्य नराखे सिनेमा नै अधुरो हुने देखेर निर्देशक फुर्वा छिरिङ लामाले यो दृश्य राख्ने निर्णय गरेका थिए ।

निर्देशक लामाले भने,“सुरुमा त मलाई यो सम्भव छ र भन्ने लाग्यो किन भने कुनै पनि स्टुडियोलाई दिने हो भने यसका लागि कम्तीमा ८ देखि १० करोड रुपैयाँ लाग्ने थियो,” उनले भने, “तर, हामीले फ्रिलान्सर भीएफएक्स आर्टिस्टलाई काम गरायौँ ।”

आठ मिनेटको उक्त दृश्यका लागि हलिउड मुभी ‘गेम अफ थ्रोन्स’, ‘मिसन इम्पोसिबल’लगायत सिनेमाका काम गर्ने भीएफएक्स आर्टिस्टले काम गरेको उनले बताए ।
२२५ वर्ष अगाडिको कथामा आधारित चलचित्र ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा हो ।

चलचित्र ‘जार’ यही वैशाख २६ गतेदेखि प्रदर्शन हुँदैछ । चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।

चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । चलचित्र यही वैशाख २६ गतेबाट प्रर्दशनमा आउदैछ ।

 

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।