काठमाडौं
गुरुङ संस्कृतीसँगै बाँचेका बाहुन धरणी काफ्लेको मिठो कथा बोकेको चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर भर्खरै सार्वजनिक भएको छ ।
अन्र्तजातीय जीवनशैली दर्शाउने चलचित्रमा विपिन कार्कीले सेवारो भन्दै ढोगेको दृश्यले बहुरंगी जातजातीको संस्कृतीलाई दर्शाएको छ ।
ट्रेलरमा थुप्रै गुरुङसेनीहरु मिलेर युवाहरुसँग ख्याल ठट्टा र नोकझोक गरिरहेको दृश्य छ । मिरुना मगर र विपिनको जोडी चलचित्रको आर्कषण छ । विपिनले रंगीविरंगी ऊन र मिरुनाको पछ्यौरीको पोस्टरले दर्शकको मन तानेको छ ।
पछिल्ला दिनहरुमा चलचित्रको प्रचार सामाग्रीको चर्चा छ । सुजन चापागाँई र झुमा लिम्बुको कफ्ले गीत यसको उदाहरण हो । चलचित्रको आएसँगै सुरु भएको चर्चा पछिल्लो ट्रेलरसम्मै कायम छ ।
काफ्ले बाहुन चेली माग्न पुगेको दृश्य, गुरुङसेनी मिरुनाको काफ्लेलाई ऊनको स्वीटर बुनेर लगाइदिने चाहना र काफ्लेको गुरुङसेनीसँगको हिमचिमबाट श्रृजना भएको द्वन्द्वले चलचित्र रोचक रहेको छनक दिएको छ ।
अटो भने नेपाली युवाहरुको पुरानो र संस्कृती झल्काउने टिजरको मिठो पार्शसँगीतले सबैको मन तानेको छ ।
पछिल्लो समय निर्माण टिमले फरकको किसिमको प्रचारशैली अपनाएको छ । गायक सुजन चापागाईसहितको टिम देशभर साँगेतिक प्रस्तुती दिदै हिडेका छन् ।
चलचित्र ’ऊनको स्वीटर’मा विपिन कार्की, मिरुना मगर, परीषा लिम्बु, विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारको अभिनय रहेको छ ।
सुजन चापागाईँ र झुमा लिम्बुको सङ्गीत र नवीन चौहानको लेखन तथा निर्देशनमा चलचित्र निर्माण गरिएको हो । यही वैशाख २६ गतेबाट देशभर चलचित्र प्रर्दशन हुने तालिका छ ।








प्रतिक्रिया