काठमाडौं
शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को अग्रिम बुकिङ र टिकट बिक्रि उत्साहजनक देखिएको छ ।
निर्माण पक्षका अनुसार पूर्वी नेपालका सिनेमा घरहरूमा अधिकांश शोहरू करिब–करिब हाउसफुल देखिएका छन् भने काठमाडौं उपत्यकाका क्युएफएक्स (लबिम मल, सिभिल मल, भक्तपुरको राधे राधे), बिग मुभिज, एफक्युब लगायतका मल्टिप्लेक्स तथा उपत्यका बाहिरका हलहरूमा पनि अग्रिम टिकट बिक्री उत्साहजनक देखिएको वितरकले जनाएका छन् ।
हलहरूले दर्शकको मागअनुसार शो संख्यामा वृद्धि गरिरहेका छन् । वितरक गोविन्द शाहीका अनुसार शुक्रबारदेखि ‘ऊनको स्वीटर’ देशभर ३०० भन्दा बढी शोमा प्रदर्शन हुँने भएको छ ।
बुधवार साँझ राजधानीमा आयोजित प्रिमियरमा चलचित्रप्रति दर्शक तथा विशिष्ट अतिथिहरूको उत्साह रुप्मा सहभागी भएर राम्रो प्रतिकृया दिएका छ. थिए ।
चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेललगायतको अभिनय रहेको छ । चलचित्रको निर्देशक नवीन चौहान निर्देशन गरेका छन् ।
ट्रेलर र टिजरमार्फत चलचित्रको प्रचार सामाग्रीले दर्शकको ध्यान तान्न सफल भइसकेको छ ।
सुजन चापागाईं र झुमा लिम्बुको संगीत निर्देशनमा तयार पारिएका “फूल”, “मखमली” र “काफ्ले” जस्ता गीतहरूले सामाजिक सञ्जालमा पहिल्यै लोकप्रियता हासिल गरिसकेका छन् ।








प्रतिक्रिया