२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


महानायक राजेश हमालको पुनरागमन भएको चलचित्र ‘नरसिंहाः अवतार’मा एक्सन



 

महानायक राजेश हमालको आठ बर्षपछि पुनरागमन भएको चलचित्र ‘नरसिंहाः अवतार’मा एक्सनको प्रयोग गरिएको देखिन्छ । चलचित्रमा महानायक राजेश हमाल र राज कटुवाल एक्सनमा उत्रेका छन् ।

विहीबार राजधानीको सुन्धारास्थित एक चलचित्र भवनमा औपचारिक कार्यक्रमबाट ‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक गरिएको छ ।
ट्रेलरमार्फत चलचित्रमा एक्सन, थ्रिलर, प्रेम र सस्पेन्स मिश्रण रहेको रहस्य खुलेको छ ।

चलचित्रमा राजेश हमाल, नीति शाह, राज कटुवाल, सरोज खनाल, निर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, मिसेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का, समाइरा थापा लगायतका कलाकारहरुको अभिनय छ ।

 

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा चन्द्र पन्तको कथा रहेको छ ।
नेम महर्जनले निर्माण गरेको चलचित्रमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने निर्माता रहेका छन् ।
चलचित्रको निर्माण पक्षले यस अघि संगितकार शम्भुजित बास्कोटा र रचना रिमालको स्वर रहेको ‘अच्चा लेकिन लण्डनमा चिसोले समाउदा’ बोलको गीत नयाँ भर्सनमा सार्वजनिक गरेको छ ।

चलचित्र जेठको ९ गतेबाट प्रर्दशनमा आउदैछ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १२ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।