कलाकारहरूले पनि उपत्यकाका विभिन्न हलहरूमा पुगेर दर्शकसँग भेटघाट गर्दै चलचित्र हेर्न आएकोमा धन्यवाद दिएका थिए
काठमाडौं
शुक्रवारदेखि देशभरका चलचित्र भवनहरुमा प्रदर्शन सुरु भएको चलचित्र ‘ऊनको स्वीटर’ले आक्रमक व्यापार सुरुआत गरेको छ ।
निर्माण पक्षले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकादेखि पूर्व–पश्चिमका मल्टिप्लेक्सदेखि सिङ्गल स्क्रिन हलहरूसम्म अधिकांश शोमा उल्लेखनीय उपस्थिति देखिएको छ ।
चलचित्रको वितरकलाई उदृत गर्दै निर्माण पक्षले दिएको जानकारी अनुसार देशभरका धेरै हलहरुमा दर्शकहरुको उल्येख्य भीड थियो ।

शुक्रवार बिहानैदेखि सुरु भएको दर्शकको यो चाप राती अबेरसम्म कायम रहेको निर्माण पक्षको भनाई छ । कलाकारहरूले पनि उपत्यकाका विभिन्न हलहरूमा पुगेर दर्शकसँग भेटघाट गर्दै चलचित्र हेर्न आएकोमा धन्यवाद दिएका थिए ।
वितरक गोविन्द शाहीका अनुसार पहिलो दिन चलचित्र हेर्न दर्शक आएपछि देशभरका धेरै हलहरूले शनिवारका लागि शो सङ्ख्या बढाएका छन् । शनिवार बिहानैदेखि अधिकांश हलहरू हाउसफुल देखिएको र हालसम्म देशभरका ३ सय भन्दा बढी हलमा प्रदर्शन भइरहेको छ । देशभर करिव ३ सय ६० हल छन् भने करिव ५ सय ६० पर्दामा चलचित्र प्रर्दशन हुने अवस्था छ ।
दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको चलचित्र ‘ऊनको स्वीटर’लाई शुक्रवार र शनिवारको कलेक्सन एकैसाथ सार्वजनिक गरिने बताइएको छ ।
गतबुधबार राजधानीमा प्रिमियर शोमा सहभागीहरुको राम्रो प्रतिकृया पाएको चलचित्रमा सामाजिक विषयबस्तुसँगै प्रेमकथामा आधारित रहेको छ ।
नवीन चौहानले निर्देशन गरेको यस चलचित्र चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेललगायतको अभिनय छ ।
केही समयदेखि प्रचारसामाग्रीको रुपमा सार्वजनिक गरिएको गीत, ट्रेलर र टिजर दर्शकले मन पराएका थिए भने झुमा लिम्बुले गाएको काफ्ले गीतले बजार तताएको थियो ।








प्रतिक्रिया