सहरिया जीवनशैलीमा आधारित बनाएर निर्माण गरिएको चलचित्र ‘के घर के डेरा ः घर नं २’भित्र मौलिक कथा रहेको राजधानमिा आयोजित अन्र्तक्रियामा निर्माण टिममा रहेका कलाकार तथा निर्देशकहरुले बताएका छन् ।
प्छिल्लो समयमा गाउँले जीवनमा आधारित धेरै चलचित्रहरु निर्माण भइरहेको र यिनै चलचित्रको कथाहरु बिकिरहेको सन्दर्भमा सहरका कथा पनि महत्वपूर्ण रहेको उनीहरुले जिकिर गरेका हुन् ।
चलचित्रका निर्देशक दीपेन्द्र के खनाल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री केकी अधिकारीले सहरको मौलिक कथामा ‘के घर के डेरा ः घर नं २’ बनेको बताए ।
सहरका कथा पनि दर्शकमाझ भन्ने बुझ्न जरुरी रहेको अभिनेता खगेन्द्रको तर्क छ ।
उनले भने, “गाउँबाट सहरमा आएर संघर्ष गर्नेहरुको कथा पनि मौलिक कथा।”
सहरमा धनी मान्छे मात्रै बस्छन् भन्ने गलत बुझाइ रहेको उनी बताउँछन् । भन्छन् “सहरमा गाउँको भन्दा चरम गरिबी पनि छ । सहरी गरिबी झन् डरलाग्दो छ ।”
निर्देशक दीपेन्द्र के खनालले सहरिया जीवन जटिल बन्दै गएकोमा चिन्ता व्यक्त गरे । भने “गाउँमा सर्भाइभ गर्न सहज छ । सबैले सबैलाई चिनेको हुन्छ । सहयोग गर्छ । तर, सहरमा कसैलाई चिन्दैन । घर टाँसिएका छन् । मन टाँसिएको हुँदैन,”
आफ्नै छुट्टै कथा र आर्कमा ‘के घर के डेरा ः घर नं २’ बनेको उनको भनाई छ ।
अभिनेत्री केकी अभिकारी मौलिक कथालाई सिमित बनाउन नहुने तर्क गर्दै अमेरिकामा बसेर नासामा काम गर्ने नेपालीको कथा पनि नेपाली मौलिक हुने बताउछिन् ।
एउटै छतमुनि आइपुगेका हरेक पात्रको कथा भए पनि कसरी एउटै कथासँग कसरी जोडिन्छन्, त्यो नै सिनेमाको महत्वपूर्ण पक्ष भएको उनले बताइन् ।
‘के घर के डेरा ः घर नं २’ले जेठ २ गते प्रर्दशन हुँदैछ । चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो कथा हो ।
चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।
चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।








प्रतिक्रिया