२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘ऊनको स्वीटर’ देशभर हाउसफुलका साथ प्रर्दशन



चलचित्र विभिन्न ३ सय ५० भन्दा बढी शोहरूमा प्रदर्शन भएको र अधिकांश शोहरू हाउसफुल छन्

काठमाडौं
चलचित्र ‘ऊनको स्वीटर’ देशभरका विभिन्न हलहरुमा निरन्तर हाउसफुलका साथ प्रर्दशन भइरहेको छ ।
निर्माण पक्षले दिएको जानकारी अनुसार आजसम्म देशभरका विभिन्न हलहरूमा दर्शकको भीड देखिएको छ । चलचित्र विभिन्न ३ सय ५० भन्दा बढी शोहरूमा प्रदर्शन भएको र अधिकांश शोहरू हाउसफुल छन् ।

कतिपय हलहरूमा ‘डिल डे’ परेको अवसरमा दिनभर नै हाउसफुल शो चलेको वितरकको भनाइ छ । उनीहरूका अनुसार अधिकांश शोहरू भरिभराउ रहेकाले व्यापार राम्रो छ । यद्यपि, केही हलबाट अझै पूर्ण रिपोर्ट नआएकाले विस्तृत कलेक्सन चाँडै सार्वजनिक गरिने जनाइएको वितरकको भनाई छ ।

चलचित्रको व्यापारसँगै चलचित्रकागीतहरु पनि चर्चामा छन् । हालै सार्वजनिक भएको नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ले सामाजिक सञ्जालमा चर्चा बटुलेको छ । सार्वजनिक भएको तेस्रो दिन यो गीतले श्रोतामाझ निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । यसअघि सार्वजनिक भएका गीतहरू ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ पनि करोडौँ दर्शकको मन जित्न सफल भइसकेका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न हलहरूमा कलाकारहरू दर्शकमाझ साक्षात्कार गरिरहेका छन् । चलचित्रका कलाकारहरुको दोस्रो हप्ताबाट भने देशव्यापी भ्रमण सुरु हुने भएको छ ।
निर्देशक नवीन चौहानका अनुसार दमौलीबाट सुरु हुने भ्रमण पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म पुग्नेछ । भ्रमणमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस, गायक सुजन चापागाईँ, र निर्देशक स्वयं सहभागी हुनेछन् ।

नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको ‘ऊनको स्वीटर’मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको दमदार अभिनय रहेको छ । ट्रेलर, टिजर र गीतहरूले निर्माणको सुरुदेखि नै चर्चा बटुल्न सफल यो चलचित्र दर्शकमाझ ‘हिट’ बन्दै गएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, बिहिबार  १० : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।