काठमाडौं
दिव्या रायमाझीले नेपाली चलचित्र क्षेत्रका दुई एक्सन अभिनेताहरुसँगै चलचित्रमा देखिने भएकी छिन् ।
दिव्याले चलचित्र ‘राम नाम सत्य’ साइन गरेकी छिन् । माइकल चन्दको निर्देशनमा बन्न लागेको चलचित्र ‘राम नाम सत्य’को टिमबिच आइतबार कागजी संझौता भएको हो ।
चलचित्रका लागि हस्ताक्षर गरेपछि दिव्याले भनिन्–‘यो चलचिको कथा वेजोड छ । मेरो भूमिका पनि निकै मन पर्यो । जसकाकारण, चलचित्रमा काम गर्न तयार भएकी हुँ ।’
यो चलचित्रमा यसअघि नै नायक विराज भट्ट र सुशील श्रेष्ठ फाइनल भइसकेका छन् । विराज र सुशीलसँग काम गर्न पाउँदा आफू उत्साहित रहेको दिव्याको भनाई छ ।
चलचित्रको छायांकन साउनबाट सुरु गर्ने योजना निर्माणपक्षको छ । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रमा माइकल चन्दकै लेखन छ । उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङ चलचित्रका निर्माता हुन् । फिल्ममा डाक्टर डीआर उपाध्याय र नरेन्द्र शाह कार्यकारी निर्माताको रुपमा छन् । अर्जुन पोखरेल र वावुल गिरीको संगीत रहने फिल्ममा सुशन प्रजापतिको छायांकन रहने पक्का भइसकेको छ ।
अब, केही कलाकारहरु फाइनल गरेर वर्कशप सुरु गर्ने निर्माणपक्षको भनाई छ । चलचित्रलाई एक्सन, पारिवारिक, प्रेम र सस्पेन्स कथामा निर्माण गर्न लागिएको छ ।
फिल्म ‘एक्टरः टेक वान’बाट रजतपटमा डेब्यू गरेकी दिव्याको पछिल्लो प्रर्दशन भएको चलचित्र ‘पिताम्बर’ हो । दिव्या पछिल्लो पुस्ताकी सर्वाधिक माग भएकी अभिनेत्री समेत हुन् ।
६ जेष्ठ २०८२, सोमबार
56
Shares








प्रतिक्रिया