२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


महानायक राजेश हमाल दिलोज्यान दिएर चलचित्र ‘नरसिंहाः अवतार’ को प्रचारमा



काठमाडौं
पछिल्लो समय महानायक राजेश हमाल चलचित्र ‘नरसिंहाः अवतार’ चलचित्रको प्रचार प्रसारका लागि पनि दिलोज्यान दिएर लागेका छन् । अघिल्ला चलचित्रहरुको प्रमोसनमा महानायक हमाल खासै हिँड्ने महानायक हमाल चलचित्र ‘नरसिंहाः अवतार’का लागि भने चलचित्र प्रर्दशन भएदेखि नै दर्शकसँग साक्षात्कार गर्न व्यस्त छन् ।


चलचित्र प्रर्दशनकाको सुरुवाती दिनमा काठमाडौ उपत्यकाका प्रमुख सिनेमा हल पुगेर दर्शकसँग साक्षात्कार गरेका हमाल यतिबेला देश दौडाहामा छन् ।
उनी ‘नरसिंहाः अवतार’का दर्शक भेट्नका लागि पूर्वी नेपालको यात्रा पुरा गरेर यतिबेला पश्चिम नेपालमा छन् । यात्रामा उनलाई चलचित्रका अभिनेता राज कटुवाल, अभिनेत्री सनिशा भट्टराई, वितरक छविराज ओझालगायतले साथ दिइरहेका छन् । महानायक हमाल अंगरक्षक विना नै प्रमोसनमा हिडिरहेको सार्वजनिक भिडियो र तस्विरहरुमा देखिन्छ ।

सात दिनको व्यापार दुई करोड ४ लाख

आठ बर्षपछि नेपाली चलचित्रमा अभिनय गरेका महानायक राजेश हमालको चलचित्र ‘नरसिंहाः अवतार’को सात दिनमा जम्मा दुई करोड ४ लाख व्यापार (ग्रस कलेक्सन) गरेको छ ।

चलचित्र प्रर्दशनको आज शुक्रबारबाट दोस्रो साता प्रवेश गरेको छ ।
चलचित्रका उपत्यका वितरक करण श्रेष्ठका अनुसार दोस्रो सातामा आइपुग्दा चलचित्रप्रति दर्शकको क्रेज उत्तिकै धेरै रहेको दाबी गरेका छन् । चलचित्र हेर्ने अधिकांश दर्शकले चलचित्रमा राजेश हमालको उपस्थितिलाई उत्कृष्ट रहेको सुन्न सकिन्छ ।
दीवाकर भट्टराईको निर्देशनमा तयार भएको यस चलचित्रमा हमालसहित राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी लगायतको अभिनय छ । क्रियटिभ सिने आट्र्सको ब्यानरमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको फिल्ममा लगानी छ । यसमा राजु विक्रम थापाको डीओपी र साहिल खानको सम्पादन छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शुक्रबार  ९ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।