२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता सलोन बस्नेत र करिश्मा प्रेमिल भावमा ‘फिक्का फिक्का’ मा



काठमाडौं
वास्तविक जीवनका जोडी समेत रहेका अभिनेता सलोन बस्नेत र करिश्मा केसी बस्नेत म्युजिक भिडियोमा जोडीको रुपमा देखिएका छन् ।

गायिका समिक्षा अधिकारी र नायक तथा गायक आमेश भण्डारीको स्वर रहेको ‘फिक्का फिक्का’बोलको गीत गीतको भिडियो शुक्रबार भएको हो ।

 

 

प्रेमिल भावमा बगेको यो गीतमा जोडीलाई भिडियोमा सुहाएको देखिन्छ । उनीहरुको यस गीतको शब्द रचना तथा संगीत गायक भण्डारीले गरेका छन् भने म्युजिक एरेन्ज विश्व अधिकारीको छ।

यसअघि आमेशले सलोन र करिश्माको सिनेमा ‘रंगी’मा गाएका थिए। यस पटक भने उनले ‘फिक्का फिक्का’बोलको गीतमा सहकार्य गरेका छन् । गीतको भिडियोलाई कोरियोग्राफी दावा बल तामाङले गरेका छन् भने निर्देशन कविराज गहतराजले गरेका छन्।

सौरभ लामाको टिमले खिचेको यो भिडियोको सम्पादन दिनसन शाहले गरेका छन्। यो गीतको भिडियो गायिका समिक्षा अधिकारी कै युट्युब च्यानलबाट हेर्न सकिन्छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, शनिबार  २ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।