२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘महानायक’ राजेश हमालको ‘स्टारडम’ बिक्दैन, हो ?



काठमाडौं
चलचित्रमा स्टारको अर्थ हुन्छ जहाँ त्यही बिक्नु । सुपरस्टारले अभिनय गरेको चलचित्र जहाँत्याही दर्शकको भीड हुनु पर्ने हो ।
पछिल्लो समय नेपाल चलचित्रका सुपरस्टार(महानायक) राजेश हमाल आफ्नो चलचित्र ‘नरसिंहाः अवतार’ को प्रचारमा दिलोज्यान दिएर लागेका छन् ।

चलचित्रको प्रर्दशनअघि प्रचारप्रसारमा उनी सर्वत्र देखिए । हरेक कार्यक्रममा महानायक हमाल सहभागी भएर विचार राखे । चलेका सबै सञ्चारमाध्यमहरुको उनको अन्र्तवार्तामा छाए ।

पछिल्लो साता उनी देशभरका हल हलमा पुगेर दर्शक भेटिरहेका छन् । दर्शकमाझ उभिएर आफ्नो चलचित्र हेर्ने दर्शकलाई धन्यवाद दिइरहेका छन् भने चलचित्र हेर्न दर्शकलाई उत्साहित बनाइरहेका छन् ।

महानायकको यो सक्रियतालाई कतिपयले चलचित्र क्षेत्रमा पुर्नजागरण हुँदै गउको रुपमा बुझेका छन् भने कतिपय आलोचकहरुले स्टारडम समेत बिक्न छोडेको भन्दै आलोचना गरेको सुनिएको छ ।

तर, महानायक हमाल चलचित्रको प्रमोसनसँगै नयाँ पुस्ताका दर्शकसँग प्रत्यक्ष भेट्ने र अन्र्तक्रिया गर्ने मौकाको रुपमा लिएको बताएका छन् ।

आठ वर्षपछि चलचित्रको पर्दामा फर्किएका महानायक राजेश हमाल देश दौडाहामा छन् । यसअघि हमालले कुनै पनि चलचित्रको प्रमोसन यसरी गरेको पाइदैनथ्यो । पछिल्लो समय निर्माण पक्षले सावैजनिक गरेको न्यन बक्सअफिस रिपोर्टले पनि महानायक हमालको क्रेज कस्तो छ भन्ने बताएको छ ।

राजेश हमालले काठमाडौंमा मात्र होइन, काठमाडौं बाहिरका हलमा पनि दर्शक भेट्न पुगे । उनी, पूर्वका सम्पूर्ण चलचित्री स्टेशन पुगे । यस्तै, पश्चिमका नेपालगञ्ज, भैरहवा, धनगढी लगायतका हलमा पुगेर हमालले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरे ।

उनै, हमाल भोलि मंगलबार पोखराका दर्शक भेट्न हलमा पुग्दैछन् । काठमाडौंका हलमा मात्र नभएर विभिन्न स्थानमा पनि पुगेर उनले चलचित्रको प्रमोशन गरिरहेका छन् ।
हमालले ‘नरसिंहाः अवतार’लाई गम्भीर रुपमा लिएको देखिन्छ । यो चलचित्रको प्रमोशनमा हमालले कही कतै पनि वडिगार्डको माग गरेका छैनन् । अहिलेका नयाँ पुस्ताका नायकहरु पत्रकार सम्मेलनमै वडिगार्डको माग गर्छन् । तर, हमालले भने देश दौडाहाका क्रममा प्रत्यक्ष दर्शकसँग कुराकानी गरे, फोटो खिचे ।

हमाल आज पनि आफू चलचित्र क्षेत्रमा उस्तै सक्रिय रहेको र आफ्नो प्रोजेक्ट सफल बनाउन लागिपर्ने सन्देश दिन सफल भएका छन् ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा राजेश हमालको साथमा राज कटुवाल, सनिषा भट्टराई, नीति शाह, प्रशान्त ताम्राकार, नीति शाह, टार्जन, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, उषा खड्गी, एभिलिना खड्का लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रले एक सातामा २ करोड ४ लाख ग्रस कलेक्शन गरेको आँकडा निर्माणपक्षले सार्वजनिक गरेको थियो । नेम महर्जन, नरेन्द्र महर्जन, दिपक प्रसाद ढकाल र ध्रुव न्यौपाने यो चलचित्रका निर्माता हुन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  १ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।