काठमाडौँ
अभिनेता पल शाह चलचित्र ‘आ बाट आमा’मा अनुबन्धित
भएका छन् ।
लेखक तथा निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्न लागेको चलचित्रमा अभिनेता शाहले कथा मन परेको कारणले आफुले काम गर्न राजी भएको बताए । चलचित्रमा अनुबन्ध भइसकेपछि उनले आफु काम गर्न उत्साहित भएको बताएका छन् ।

उनले भने,‘सबैभन्दा पहिला त यो चलचित्रको कथा मन पर्यो मलाई। स्क्रिप्टमा एकदमै इमोसनल छ ।’उनले आफुले खेलेको अहिलेसम्मको चलचित्रमध्ये यसको कथा एकदमै राम्रो रहेको दाबी गरेका छन् ।
अभिनेता शाहले भने, ‘दर्शकले पनि चलचित्र अति नै मन पराउनुहुन्छ भन्नेमा म ढुक्क छु र पुरा टिम नै ढुक्क छ।’
यसअघि यो चलचित्रका लागि आमाको भुमिकाका लागि अभिनेत्री विपना थापा अनुबन्ध भइसकेकी छन् ।
निर्देशक पन्तले नै गत वर्ष प्रदर्शनमा आएको चलचित्र‘ह्रस्वदीर्घ’मार्फत १६ वर्षको अन्तरालमा अभिनेत्री थापालाई नेपाली रजतपटमा पुनरागमन गराएका थिए ।
निर्देशक पन्तले चलचित्र‘आ बाट आमा’मा विपनाको शीर्ष भूमिकामा रहने जानकारी दिएका छन्।
अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको यस चलचित्रको थिम पोष्टर केहि दिनअघि सार्वजनिक भएको थियो ।
जहाँ आमाको आँखाबाट खस्न लागेको आँसुलाई बच्चाको हातले अड्याउने कोसिस गरेको थियो । चलचित्रले आमा र सन्तानबीचको गहिरो कथा भन्ने छ। यस चलचित्रमा विपना र पलका साथै अन्य कलाकार र प्राविधिकहरुको पनि टुङ्गो छिट्टै लाग्ने निर्देशक पन्तले जानकारी दिए। उनका अनुसार यो चलचित्रआगामी फाल्गुन १५ गतेबाट सार्वजनिक रुपमा नै प्रदर्शनमा आउने छ।








प्रतिक्रिया