२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र समिक्षक समाजको नेतृत्व गर्दै सामीप्यराज तिमल्सेना



काठमाडौँ

चलचित्र समिक्षक समाजको नेतृत्व गर्ने जिम्मेवारी सामीप्यराज तिमल्सेनाले पाएका छन् ।

चलचित्र समिक्षक समाज नेपाल (फिक्सन)को अध्यक्षमा सामीप्यराज तिमल्सेना चयन भएका छन् । पिङ्ग्लास्थानस्थित नेपाल फिल्म क्याम्पसमा सम्पन्न समाजको साधारणसभाले उहाँको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नेपाल पत्रकार महासङ्घमा आबद्ध एसोसियट संस्थाको रुपमा रहेको ‘फिक्सन’ को खुल्ला उपाध्यक्षद्वयमा भेषराज कार्की र अनिल यादव, समावेशी तथा महिला उपाध्यक्षमा रीना मोक्तान, महासचिवमा प्रभाकर गौतम, खुल्ला सचिवमा नरेश फुयाँल, समावेशी तथा महिला सचिवमा लक्ष्मी बलायर र कोषाध्यक्षमा समर्पण श्री लाई सर्वसम्मत रुपमा चयन गरिएको छ । यस्तै, कार्यसमिति सदस्यहरुमा सुशीला तामाङ, सङ्गीता गिरी, अभिमन्यु दिक्षित, प्रशुन सङ्ग्रौला र श्रीजु सरल चयन भएका छन् ।

नेपाल पत्रकार महासङ्घका सचिव प्रकाश धौलाकोटीले ‘फिक्सन’ एसोसिएट मध्येको पुरानो संस्था भएकाले महासङ्घ सदैव हातेमालो गर्न तत्पर रहेको बताएका छन् । साधारणसभामा निवर्तमान अध्यक्ष दीपेन्द्र लामा, पूर्वअध्यक्ष यज्ञसराज पण्डित, पूर्वमहासचिव नारायण अमृत, निवर्तमान उपाध्यक्ष स्मृति ढुङ्गानालगायत सहभागी थियो । नवनिर्वाचित अध्यक्ष तिमिल्सेनाले ‘फिक्सन अवार्ड’लाई निरन्तरता दिने बताएका छन् ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  ११ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।