२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘लाज शरणम्’ निरन्तरे १ सय १ दिनसम्म प्रर्दशनको खुशीयालीमा विद्यालयलाई सहयोग



 

काठमाडौं
चलचित्र ‘लाज शरणम्’ निरन्तर १ सय १ दिनसम्म प्रर्दशन भएको खुशीयालीमा विद्यार्थीलाई सहयोग गरेको छ ।

‘लाज शरणम्’ टिमले सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिका ५ मा रहेको श्री बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ३० थान स्कुल ड्रेस, ब्याग र पानी पिउने बोतल सहयोग गरेको हो ।

मदर किड्स फाउन्डेसन नेपालको आयोजनामा ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

“सफलतापूर्वक प्रदर्शन भइरहेको चलचित्र लाज शरणम्को गौरवमय १०१ औं दिनको उपलक्ष्यमा हामीले विद्यार्थीहरुलाई सहयोग रहेका छौँ । यो अवसरका निम्ति आयोजक मदर किड्स फाउन्डेसन नेपाल र एसीके केटिएम सिन्धु चौतार सिटीलाई धन्यवाद दिन्छु,” निर्माता श्रेष्ठले भने, “हामी आगामी दिनमा पनि यस्तो सहयोग गर्दै जानेछौँ । सामाजिक काममा सहकार्य गर्दै जानेछौँ ।”

कुमार कट्टेलको निर्देशन रहेको चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको १ सयऔँ दिन मनाइसकेको छ । काठमाडौंका दुईवटा सिनेमाहलमा प्रदर्शनको १ सय १ दिन मनाएको हो ।

शिवरात्रिको अवसर पारेर गत वर्षको फागुन १४ गते सार्वजनिक प्रदर्शनमा आएको चलचित्रले काठमाडौंको न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स र गोंगबुस्थित विएसआर मुभिजमा प्रदर्शनको १ ‘य १ दिन मनाएको हो ।

चलचित्र ‘लाज शरणम्’ गत वर्ष कात्तिक १५ गते प्रर्दशन भएको ‘पूर्ण बहादुरको सारङ्गी’पछि १ सय १ दिन मनाउने पहिलो चलचित्र हो ।

‘लाज शरणम्’मा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङलगायत लगायतको अभिनय छ । यो चलचित्रमा निर्देशक समेत रहेका कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि विशेष भूमिकामा छ ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता नवीन श्रेष्ठ हुन् । राम नरेश शाह र सिर्जना खड्का सह–निर्माता रहेका छन् ।

आफूले बनाएको चलचित्रले १ सय १ दिन मनाएपछि निर्माता श्रेष्ठले पहिलो चलचित्रमा दर्शकले दिएको माया र हौसलाले थप उत्साही बनाएको बताएका छन् ।

निर्माता श्रेष्ठले आगामी चलचित्र ‘पाँच पाण्डव’ चलचित्र निर्माण गर्ने तयारी समेत गरेका छन् । उक्त चलचित्रको पटकथा सुशील पौडेलले तयार गरिरहेका छन् । वसन्त निरौलाले निर्देशन गर्ने तय भएको छ । उक्त चलचित्र आगामी भदौ आसपासमा छायांकन गर्ने तयारी गरिएको उनले बताए ।

यस्तै निर्माता श्रेष्ठले ‘लाज शरणम् २’ पनि निर्माणको तयारी भइरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, आइतबार  १२ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।